पक्राउ गरिएका पत्रकारलाई नि:शर्त रिहाई नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी

प्रम वलि र भारतीय गुप्तचर संस्था रअ बिच गोप्य सहमती भएको भन्दै उज्यालो नेटवर्क डटकमले समचार छापेका थिए ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले संचार गृहभित्रै छिरेर संचारकर्मीलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीले १२ गते आइतबार उज्यालो नेटवर्कका सन्चालक दुर्गलाल तामाङलाई बसुन्धारा र सम्पादक अनिश तामाङलाई कार्यालयबाटै पक्राउ गरिएको थियो ।

उज्यालो नेटवर्क डटकम अनलाइनले प्रधानमन्त्री ओलीको हस्ताक्षर भएको एक पत्रको आधारमा प्रम र भारतीय गुप्तचर संस्था रअ प्रमुख बीच सिमा विवाद सम्बन्धमा गोप्य सहमती भएको भनी समाचार प्रकाशन गरिएको थियो । जुन समचार असावधानीबश प्रकाशित भएको भन्दै सो अनलाइनले प्रेस काउन्सिल मार्फत क्षमा याचना समेत गरिसकेका छन् ।

त्यस्तै सो अनलाइनलाई उक्त विषयमा स्पष्टीकरण सोध्दै प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्रधिकार भित्र रहि निरुपण गरेको र उच्च अदालत पाटनले समेत शुक्रवार जारी गरेको आदेशमा “समाचारको विषयमा टुंगो नलागे” सम्म निवेदकलाई पक्राउ नगर्नु, नगराउनु भन्ने आदेश भैसकेको अवस्थामा उक्त आदेशलाई लत्याएर पक्राउ गरिनु सरकारले अदालत लाई समेत अटेर गरेको प्रष्ट भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

महासंघको विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने निश्चित विधि र प्रक्रिया रहेको अवस्थामा एउटा संचारकर्मीलाई समचार लेखेकै भरमा संचारगृहमा प्रबेश गरि धरपकड, संचार सामाग्री जफत गरिनु लोकतान्त्रिक विधि र प्रक्रिया मात्र नभै संवैधानिक पद्धति र प्रेस स्वतन्त्रता माथी पनि ठाडो हस्तक्षेप गरेको ठहर छ । तसर्थ प्रेस स्वतन्त्रताको पुर्ण सम्मान गर्दै पक्राउ गरिएका सन्चारकर्मीहरुलाई नि:शर्त रिहाई गर्न र त्यस्तो कार्य तत्काल बन्द गराउन महासंघले नेपाल सरकार र त्यस मातहतका सम्पुर्ण निकायलाई ध्यानाकर्षण गराएका छन् । अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् । विज्ञप्ति;

पत्रकार महासंघद्वारा जारी विज्ञप्ति
उच्च अदालत पाटनद्वारा जारी आदेश पत्र

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार