सिन्धुपाल्चोक
श्रमजीवी पत्रकारहरुको छाता संगठन
नेपाल पत्रकार महासंघले २६ औ महाअधिवेशनको अवसर पारेर सिन्धुपाल्चोकका दुई महिला पत्रकारलाई सम्मानित गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न महासंघको महाधिबेशनको सभामा पत्रकार द्वय कमला पाख्रीन र सृजना बराम सम्मानित भएका हुन् ।
प्रेस युनियन सिन्धुपाल्चोककी सचिव समेत रहेकी पाख्रिन लैगिंक समानता पुरस्कार २०७७ र पत्रकार महासंघ सिन्धुपाल्चोककी सदस्य रहेकी बराम “विपत पत्रकारिता पुरस्कार”बाट सम्मानित भएका हुन् । उहाँहरुले आमसन्चारको माध्यमबाट समुदायलाई योगदान गरे बापत देशैभरका पत्रकारहरुबाट उत्कृष्ट पत्रकारको रुपमा छानिन सफल भएका हुन् ।