तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् ल्होछार कार्यक्रम हुने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, हेलम्बु
सिन्धुपाल्चोक हेलम्बु गाउँ पालिका वडा नं. २ स्थित न्यु राईजिङ युवा क्लबको आयोजनामा तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । “स्वास्थ, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष सुनिल तामाङ दोङले जन्मभूमि पोष्टलाई जानकारी दिएका छन ।

कार्यक्रम माघ २२ देखि सुरु भै माघ २८ गते ल्होछार कार्यक्रम गर्दै समापन गरिने छ । प्रतियोगिताको लागि दर्ता शुल्क रु १० हजार राखिएको छ भने बिजेताले नगद १ लाख र उपबिजेताले रु ५० हजार सहित ट्रफी प्रमाणपत्र पाउनेछन् ।

खेल न्यु राईजिङ खेल मैदान गणेशेबगरमा सन्चालन हुने तय भएको छ । प्रतियोगिताको संरक्षक हेलम्बु गाउँ पालिका छन् । टिम दर्ताका लागि मोबाईल नं. 9813687949 / 9860014995 / 9810304483 मा सम्पर्क गर्न सकिनेछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार