गोरखामा रक्तदान कार्यक्रम गर्न पुगे पुर्व मन्त्री बस्नेत

  सरु लामा तामाङ

गोरखा
४५ औं वि पि कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वय एवं नेपाली काङ्ग्रेस गोरखाको सहयोगमा “रक्तदान जिवनदान” भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली काङ्ग्रेस खेलकुद विभागद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम अन्तर्गत पौष १६ गते गोरखा नगरपालिका ६ हरमटारीमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता संगै नेपाली काङ्ग्रेस पार्टीका थुप्रै नेता कार्यकर्ताहरु, भातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु, तरुण युवाहरु लगायत सयौंको संख्यामा आम सर्वसाधारण दाजुभाई दिदिबहिनीहरुको उपस्थितिमा भव्यताका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ५३ जना तरुण युवा लगायत दिदिबहिनी दाजुभाईहरुले रक्तदान गर्नुभएको छ । कार्यक्रममा पुर्व मन्त्री बस्नेतको तर्फबाट एक हजार थान के एन नाईन्टी फाईभ मास्क हस्तान्तरण गरिएको थियो भने कार्यक्रम पश्चात् पत्रकार महासंघ गोरखाको आयोजनामा पत्रकार सम्मेलन अयोजना गरिएको थियो ।

विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरु देशका विभिन्न जिल्लहरुमा स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार