सोल्टीको क्यासियर हुँदै अख्तियार प्रमुख बनेका दिप बस्न्यातको जेल यात्रा

  जन्मभूमि संवाददाता

काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही भ्रष्टाचारविरुद्ध थुप्रै मुद्दा चलाएर हाल विशेष अदालत काठमाडौंका मुख्य न्यायाधीश रहेका प्रेमराज कार्कीको इजलासले बस्न्यात (खासमा बस्नेत) लाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

विशेष अदालतका मुख्य न्यायाधीश कार्की भ्रष्टाचार मुद्दामा दक्ष न्यायाधीश मानिन्छन् । ०६१ को अन्त्यमा तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको भक्तबहादुर कोइराला नेतृत्वको पा“च सदस्यीय ‘भ्रष्टाचार नियन्त्रण शाही’ आयोगमा कार्की सरकारी वकिलका तर्फबाट सचिव थिए । बालुवाटारको ललिता निवास प्रकरणमा बस्न्यातलाई दोषी ठहर्याउ“दै विशेष अदालतले जेल पठाएको छ ।

रोचक के भने भौतिक योजना तथा निर्माण सचिव भएका बेला कार्यक्षेत्र उल्लंघन गरेर बस्न्यातले ललिता निवास प्रकरणको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका थिए । त्यसबेला विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री र माधवकुमार नेपाल प्रधानमन्त्री थिए । ललिता निवास प्रकरणमै मुछिएका गच्छदार यसअघि नै सांसदबाट निलम्बन भइसकेका छन् ।

साविक खोटाङ जिल्लाको बतासे (छोरम्बु गा.वि.स.) हाल दिप्रुङ चुइचुम्बा गाउ“पालिका वडा नम्वर ३ मा २००६ सालमा जन्मिएका हुन् दीप बस्न्यात । पाँच दाजुभाई र दुई दिदी बहिनीमध्ये बस्न्यात साईला हुन् । भलै सानै उमेरमा उनीहरुलाई पिताले उदयपुर स्थानान्तरण गराए । उनमा एक पारिवारिक सदस्यका अनुसार नागरिकतामा भने बस्न्यातको जन्म २००९ साल उल्लेख छ । त्यसैले उनले सरकारी सेवामा चार वर्ष धेरै जागिर खाए ।

काठामाडैंको फर्पिङमा खप्तडी बस्नेतहरुको कुल घर बनाउने भनेर जग्गा खरिद गरिएको थियो । कुल घरलाई दिन्छु भनेर बस्न्यातले पनि त्यहा“ जग्गा खरिद गरेका थिए । तर, खरिद गरेको केही समयपछि नै तेब्बर मूल्य पाउने भएपछि कुल घरलाई दिन भनेर किनेको जग्गा समेत उनले नाफामा बिक्री गरे । बस्न्यातका दुई छोरी र एक छोरा छन् ।

बस्न्यातको घरभित्र पा“च तारे होटलको भन्दा बढी अस्वभाविक ‘डेकोरेसन’ छ । तर, प्रचारमा आए जस्तै सुनले मोरेका सोफा भने छैनन् । बस्न्यायतले खोटाङबाटै एसएलसी पास गरेका हुन् । एसएलसी गरेपछि ०२४÷०२५ सालमा एक वर्ष गाउ“मै शिक्षण गरे । यसपछि उनी काठमाडौं छिरे । सुरुमा होटल सोल्टीको क्यासिएर भएर काम गरे । त्यसपछि कृषि बिकास बैंकमा करार कर्मचारी भए । अनि सरकारी सहकारीमा एक वर्ष तराजु बोकेर युरिया मल बेचे ।

०३१ सालतिर बस्न्यात लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । उनका समवयी एकजना सचिवका अनुसार लोकसेवाबाट अधिकृतमा नाम निकालेलगत्तै बस्न्यात सडक डिभिजन कार्यालय कोहलपुर–बनबासाको बडालेखापाल भए । उनी भन्छन्, ‘बस्न्यातजीले जीवनभर कमाउ धन्दाका अड्डामा मात्र काम गरेर कमाउनुसम्म कमाए । अहिले त्यसैको पा प करायो ।’

वनबासापछि उनी झापा दमकको सडकमा बडा लेखापाल भए । यसपछि ताप्लेजुङ मालपोत अधिकृत, सिरहा लाहानको मालपोत अधिकृत, झापा मालपोत अधिकृत, काठमाडौं विमानस्थल प्रमुख, भन्सार विभागको उपमहानिर्देशक, गृह मन्त्रालयको उपसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव, सूचना विभागको महानिर्देशक, कलकत्ताको महावाणिज्य दूत, श्रम विभागको महानिर्देशक, आन्तरिक राजश्व, भन्सार राजश्व कार्यालयको महानिर्देशक, पूर्वाञ्चल क्षेत्रीय प्रशासक, नेपाल सरकारको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हु“दै प्रमुख आयुक्तसम्म भए । पदमा हु“दा बस्न्यातले आफन्त दाजुभाइलाई समेत खासै मतलव गर्दैनथ्ये । भलै, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि भने आफूभन्दा तलको का“इलो भाई नरेन्द्र बस्न्यातलाई बाग्मती सुधार उच्चस्तरीय आयोगको प्रमुख बनाएका थिए ।

पछिलो घट्ना क्रम अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तलाई पुर्पक्षका लागि जे’ल पठाएको इतिहासमै यो पहिलो घटना हो । नयाँ खोजखबरबाट

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार