गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन्न

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सामुदायिक पुस्तकालयको माध्यमबाट समुदायमा पढ्ने संस्कृतिको विकास गर्न रिड नेपालको सहयोग र धुर्मुस सुन्तली फाउन्डेसनको समन्वयमा मेलम्ची नगरपालिका वडा नं–१२, गिराञ्चौरमा स्थापित गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन गराएका छन् । मेलम्ची नगरपालिका वडा नं १२ मा रहेको विभिन्न समुदायबाट दर्ता भएको समुह मध्ये आयोजक समुह गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र प्रथम, बी महाकाली मा.वि द्धितिय, गिराञ्चौर नमुना बस्ती युवा क्लब तृतिय र गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द ए सान्तवना पुरस्कार हासिल गर्न सफल भएको थियो ।

पुस्तकालयको खरिद उप–समितिको संयोजक विदुर भट्टराईले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने औपचारिक कार्यक्रम युवा उप–समितीको संयोजक श्रीराम तिवारीले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित मेलम्ची नगरपालिका वडा नं १२ का वडाध्यक्ष श्री राम बहादुर तामाङ ले खेलाडिहरुलाई भलिबल हस्तान्तरण गरि उत्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा विशेष अतिथि नेकपाका मेलम्ची नगरपालिकाका संगठन विभाग प्रमुख हिरा चौलागाई, अतिथिहरु प्रयास दोङ, क्षितिज तामाङ, सल्लाहाकार समितीको सदस्य तथा समाजसेवी रोहिणी तिवारी, पुस्तकालयको अध्यक्ष गोर्खा बहादुर तामाङ, रिड नेपालको परियोजना संयोजक कान्छा मान मोक्तान, भलिबल कोच विक्रम तामाङ र भलिबल खेलकुद संयोजक तथा युवा उप–समितीको उप–संयोजक अम्बर स्याङतान रहेको थियो ।

गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्दले समुदायमा सन्चालन र आयोजना गरेको विभिन्न कार्यक्रम मध्ये युवा शशक्तिकरण कार्यक्रम अन्तर्गत सन्चालन भएको सो प्रतियोगितामा स्थानिय समुदाय र विभिन्न ठाँउबाट उपस्थित भएको दर्शकहरु उत्सुकता पुर्वक खेलको मजा लिईरहेका देखिन्थे । युवा शशक्तिकरण कार्यक्रममा स्थानिय युवाहरुलाई १५ दिने पुस्तकालय व्यबस्थापन तालिम, जिवन उपयोगी सिप, नेतृत्व विकास तथा लैंगिक तथा सामाजिक समावेशीकरण तालिम तालिम मध्ये महिला भलिबल प्रतियोगिता अन्तिम कार्यक्रम हो । महिला खेलकुद तालिम अन्तर्गत गिराञ्चौर को विभिन्न समुदायको ३५ जना महिलाहरुलाई पुस्तकालयको आयोजनामा २१ दिने तालीम सञ्चालन गरेको थियो । २१ दिने महिला भलिबल तालीम सिन्धुपाल्चोक जिल्लाको उत्कृष्ट हुन सफल र राष्ट्रिय खेलाडि विक्रम वाईबा तामाङ ले दिनु भएको थियो ।

सो प्रतियोगितामा उत्कृष्ट खेलाडी आयोजक समुहका कुसुम तामाङ, बेस्ट सर्भिस आयोजक समुह कै मनमाया तामाङ, बेस्ट स्पाईकर महाकाली माविका सोनिया तामाङ, बेष्ट डिफेन्डर गिराञ्चौर नमुना बस्ती युवा क्लबका प्रनिषा तामाङ, गिराञ्चौर नमुना बस्ती युवा क्लब कै लक्ष्मी तामाङ बेष्ट सेटर हुन सफल भएको थियो ।

औपचारिक कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नं १२ का वडाध्यक्ष श्री राम बहादुर तामाङ ले आगामी वर्षको योजनामा खेलकुदको माध्यमबाट वडामा रहेको महिलाहरुलाई शशक्तिकरण गर्न गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई बजेट बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो भने विशेष अतिथि हिरा चौलागाई ले पुस्तकालयबाट छोटो समयमा गरिएको महिला भलिबल तालिम वडामा नै पहिलो रहेको र यसबाट महिलाहरुमा भएको प्रतिभालाई समाजमा उदारणीय बनाउन सहयोग गरेको हुनाले यसलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । यसैगरि समाजसेवी रोहिणी तिवारीले युवा शशक्तिकरण कार्यक्रम एकदमै प्रभावकारी रहेको कारण यसलाई निरन्तरता दिन सरोकारवालाहरुसंग सहकार्य निरन्तर गर्ने बताउनु भएको थियो । महिला भलिबल प्रतियोगिताको प्रतिक्रिया दिने क्रममा बेस्ट स्पाईकर विजेता सोनिया तामाङको बुबा महाकाली माविका सहायक प्रधानध्यापक आस्मान तामाङ ज्युले छोरीको भलिबल खेलकुद प्रतिको ईच्छा र रुचिलाई जहिलेपनि सहयोग गरि अरु युवतीहरुलाई पनि खेलकुदमा लाग्न प्रोत्साहन र सहयोग गर्ने बताउनु भएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार