बाजागाजा सहित नेकपा सरकार विरुद्ध चौतारामा काँग्रेसको शक्ति प्रदर्शन

सिन्धुपाल्चोक, चौतारा
आज नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिद्वारा सदरमुकाम चौतारा र क्षेत्र नं. १ को आयोजनामा बाह्रबिसे बजारमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन सहित नेकपा सरकार विरुद्ध बृहत् बिरोधि कार्यक्रम सम्पन्न गरेका छन् । पार्टीको केन्द्रिय समितिद्वारा निर्देशित देशव्यापी बृहत् बिरोध प्रदर्शनमा सिन्धुपाल्चोक चौतारामा बाजागाजा सहित हजारौंको संख्यामा बिशाल जुलुस निकालेका हुन् । नेपाली काङ्ग्रेसको जिल्ला कार्यालय देखि टुडिखेल्सम्म विभिन्न नारा जुलुस गरि युवाहरूले प्रदर्शन गरेका थिए ।

सदरमुकाम चौताराको कार्यक्रममा पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेत्री कमला पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले नेपालमा हाल भ्रष्टाचार, महिला हिंसा,लैङ्गिक विभेद, जातीय छुवाछूत, बलात्कार जस्ता सामाजिक कुरीतिले प्राशय पाईरहेकोले अब नेपाली काँग्रेसको नेतृत्वले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै उहाँले भ्रष्टाचार, बेरोजगार, कोरोना महामारी, गरिबी जस्ता समस्याहरु समाधान गर्न केपि सरकार असफल भएको पनि आरोप लगाउनुभयो ।

केन्द्रिय सदस्य बिष्णु बिक्रम थापाले आफ्नो भनाइ राख्नु हुँदै पुर्व राप्रपाका सबैलाई नेपाली काँग्रेसमा गोलवद्द हुन आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापति विकास लामाले नेपालको विकास र समृद्धिका लागि नेपाली काङ्ग्रेसमा समावेश भै एकताबद्ध हुन अनुरोध गर्नुभयो । लामाले प्रजातन्त्र नेपाली काँग्रेसले रगत बगाएर ल्याएको ले काँग्रेसले बचाउनुपर्ने जिम्मेवारी आएको धारणा राख्नुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बिष्णु बिक्रम थापा, क्षेत्रीय सभापति आईतामान तामाङ, तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामा, तरुण क्षेत्रीय सभापति जयचन्द्र कुमार लामा, तरुण दलका गाउँ पालिका अध्यक्षहरु लगायतको साथै हजारौं नेता कार्याकर्ताहरुको उपस्थिति थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार