‘कम्युनिस्ट सरकारको कुकर्म र भ्रष्टाचारको जन्मकुण्डली चाङ लगाउँदै छु, समय आएपछि हिसाबकिताब गर्नेछु’-नेता बस्नेत

बाह्रबिसेमा नेकपा सरकारको बिरोध स्वरुप शंख फुक्दै नांगो जुलुस

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, बाह्रबिसे
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध आज मङ्सिर २९ गते नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा दसौं हजारको उपस्थिति सहित विशाल प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जिल्लाका गाउँ गाउँ बाट ठूलो संख्यामा सरकार विरुद्धको माहाअभियानमा आमा बुबा दिदिबहिनी दाजुभाईहरु उत्रनु भएको छ । नेकपा सरकारको बिरोध स्वरुप शंख फुक्दै नांगो जुलुस प्रदर्शन गरेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतित्वमा भएको विरोध सभामा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेताहरु हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, लिला नेपाल, टंक कार्की, क्षेत्रीय उपसभापति रामकुमार तामाङ, सुनकोसी गाउँपालिकाका प्रमुख श्रवण कुमार जि सि (बिनोद), विभिन्न स्थानीय निकायमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरु, नेपाली काङ्ग्रेस पार्टिका नेता कार्यकर्ता गढ लगायत भातृ शुभेच्छुक संस्थामा नेता कार्यकर्ता लगायत कम्युनिस्ट सरकारबाट वक्क दिक्क हुनुभएका आम सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा हास्यकलाकार दमन रुपाखेती र राजन चौलागाईंले आफ्नो प्रस्तुति मार्फत व्याङ्ग्यात्मक तरिकाले सरकारको विरोध गरेका थिए ।

सरकारका ज्यादती तथा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले गरेका कार्यको धावा बोल्ने रमिते सरकार विरुद्धको अभियानमा कोशेढुङ्गा सावित यस कार्यक्रममा सरकारको दिन समाप्त भएको आभास दिलाउन नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य टपेन्द्र दर्नाल र नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका युवा नेता युधिर पौडेलले सेतो वस्त्र लगाएर उत्रनु भएको थियो भने दर्जनौं नेताकार्यकर्ता हरुले शंख फुकेर सरकारलाई डेट एक्सपायरको संज्ञा दिलाएका छन् । यस विरोध सभामा बोल्ने क्रमामा पुर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लाको मानेमा जुन सुकै पार्टीको सरकार आएता पनि सिन्धुपाल्चोकको सरकार भनेको नेपाली काङ्ग्रेस नै हो भन्दै गर्जनु भएको छ । साथै बस्नेतले बोल्ने क्रममा अहिले नेपाली काङ्ग्रेसले कम्युनिस्ट सरकारका जुनसुकै कुकार्य तथा भ्रष्टचारहरुको जन्मकुण्डलीको चाङ लगाउदै छ र समय आए पछि सबैको एक एक हिसाब किताब गरिने उद्घोष गर्नुभएको छ। यस कार्यक्रममा पुर्वमन्त्री बस्नेत लगायत नेताहरुले सरकारका ज्यादतिको विरोधमा घोर निन्दा गर्नुभएको छ ।

विरोध कार्यक्रममा गाउँ गाउँ बाट सवारी साधन सहित आमसर्वसाधरण आउनु भएको थियो भने भिडभाड तथा सवारीसाधनको उच्च चापले बाह्रबिसे बजारको ट्राफिक व्यवस्थापनमा निकै कठिनाई भएको प्रत्यक्ष देखिएको छ । यस प्रदर्शनलाई हेर्ने हो भने कम्युनिस्ट सरकारको अस्थित्व समाप्त भईसकेको आभास भएको छ ।साथै, विरोध सभाका बिच जुगल, सुनकोसी र चौतारा सागाचोक गढी गाउँपालिका बाट १५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरि कम्युनिस्ट सरकारलाई विरोध स्वरुप झापड हानेका छन् ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार