सरकारले गर्न सक्दैन भनेर हात ठडाए सुरक्षित वस्ती काँग्रेसले बनाईदिन्छ – सभापति बिकास लामा

विस्थापित १२६ घरदुरिका लागि तरुण दल सिन्धुपाल्चोकले बिशेष प्रोजेक्ट ल्याउने।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा गएको भदौ २७ गतेको भीषण पहिरोबाट पिडित विस्थापितहरुलाई नेपाली काँग्रेस सिन्धुपाल्चोक र नेपाल तरुण दल सिन्धुपाल्चोक, नेबि संघ, महिला संघ लगायतको पहलमा राहत वितरण गरिएको छ। नगद राहत सहित खाद्यान्न, सोलार, साना नानी बाबुहरुका लागि कपडा, पोलार र भाँडाकुँडा वितरण गरिएको हो। राहत संकलन गर्ने कार्यमा सिन्धुपाल्चोक नेपाली काँग्रेस जिल्ला सभापति बिकास लामा, पुर्व सभापति भुपेन्द्र थापा, तरुण दल अध्यक्ष दोर्जे लामा, नेबि संघ महामन्त्री बलदेव तिमल्सिना, महिला नेत्री लिला नेपाल, तरुण दल वरिष्ठ उपाध्यक्ष कर्म लामा, महिला संघ जिल्ला सभापति गिता नेपाल, धादिङ महिला संघ सभापति, भक्तपुर महिला संघ जिल्ला सभापति, ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य बलदेव तामाङ, बलेफी ३ ईकाई सभापति गोविन्द कार्की लगायत लागि परेका थिए।

राहत वितरण कार्यक्रममा छोटो भनाइ राख्नु हुँदै जिल्ला सभापति लामाले गत शनिबार प्रदेश मुख्य मन्त्री संगको बैठकको क्रममा सरकारको दायित्व के हो ? सरकारले के गर्नु पर्छ ? गोष्ठी, सेमिनार गरेर मात्र विस्थापित जनताको पीडा समाप्त नहुने कुरा राखेको अवगत गराउनुभयो। उहाँका अनुसार अहिले तत्काल सरकारले वस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गाको पहिचान गरि सुरक्षीत आवासको व्यवस्था गर्नु पर्ने बताए। त्यस्तै अहिले सम्म नेपाली काँग्रेस प्रतिपक्षी भएपनी हरेक काममा सहयोग गर्दै आएकोमा यदि सरकारले सहयोग गर्दा गर्दैपनी काम अघि बढाउँदैन भनें र सरकारले सक्दैन भनेंर हात ठडाए नेपाली काँग्रेसले विस्थापितहरुको बासको व्यवस्था गरिदिने धारणा राख्नुभयो।

बाढीपहिरोबाट विस्थापित १२६ घरदुरिलाई बिशेष कार्यक्रम ल्याउने छु।” तरुण अध्यक्ष दोर्जे लामा

नेपाल तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामाले नातागोता, आफन्त र आफ्नो पार्टीको नहेरी वास्तविक  पीडितलाई राहत पुग्नुपर्ने बताए। लामाले केही दिन पश्चात् तरुण दल सिन्धुपाल्चोकले पहिरोका कारण वासस्थान क्षतविक्षत भएका १२६ घरदुरीका लागि एउटा प्रोजेक्ट लिएर आउने जानकारी दिए। त्यस्तै नेबि संघ महामन्त्री बलदेव तिमल्सिनाले यस्तै अप्ठ्यारो र दुख परेको बेला विभिन्न भातृसंगठनहरुको आवश्यकता पर्ने भएकोले संधै साथमा हुने धारणा राख्नु भयो।

महिला संघ जिल्ला अध्यक्ष नेपालले नेपाली काँग्रेस टिमले दानी व्यक्तित्वहरु संग हातेमालो गर्दै पिडामा थोरै भएपनी मलम लगाउने कोशिस मात्र गरेको बताए।

पहिरोबाट परिवारका सदस्य सहित घरबार पुर्ण रुपमा गुमाएका २३ परिवार र अन्य जोखिम युक्त ८४ परिवारलाई राहत हस्तान्तरण गरिएको हो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार