NRNA नेदरल्याण्डबाट लिदि पहिरो पिडितलाई नगद सहयोग प्राप्त

सिन्धुपाल्चोक
लिदि भीषण पहिरो पीडित र विस्थापितहरुको लागि NRNA NCC नेदरल्याण्डद्वारा संकलित नगद रकम उपलब्ध गराएको छ। एनसिसी नेदरल्याण्डले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका केन्द्रिय उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभएको छ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई चेक मार्फत सो रकम हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि पुग्नुभएको थियो।

सिन्धुपाल्चोक कुविण्डेकि चेलि सिता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्याण्डबाट संकलीत रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेल र महासचिव संघर्षशील केसीले संयुक्त रुपमा एक बिज्ञप्ति जारी गर्नुहुँदै सिन्धुपाल्चोकको लिदि पहिरो पीडीतसँगै नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुइ दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराउनुभएको छ।

यसरी आफ्नो जन्मभूमिमा आईपरेको पिडालाई मलमपट्टी लगाउने उद्देश्यका साथ गरिएको सहयोगको जुगल २ वडा अध्यक्ष प्रताप लामा सहित लिदिबासीले खुलेर प्रशंसा गर्नुभयो। उहाँहरुले सहयोगी मनहरु प्रती बिशेष आभार प्रकट गर्दै लिदिबासीले यो गुन कहिल्यै नभुल्ने बताए।

NRNA का केन्द्रिय उपाध्यक्ष सोनाम शेर्पा लिदि पिडित अस्थायी बासस्थान बाँसखर्कामा

#NRNA का केन्द्रिय उपाध्यक्ष #सोनाम_लामाले लिदि पुगेर भनें "सहकार्य गरेर अघि बढे हामी जस्तो सुकै सहयोग गर्न तयार छौँ। https://youtu.be/QUTkHcVjK_o

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Saturday, 12 September 2020

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार