अनेरास्ववियूको उत्कृष्ट काम, पोखरामा फुड बैंक सन्चालन

  प्रीतम कुमार तामाङ

पोखरा
अनेरास्ववियूका विद्यार्थि नेताहरुले पोखरा गणतान्त्रिक चोकमा फुड बैंक सुरुवात गरेका छन्। कोरोनाको कारण दैनिक रुपमा ज्याला मजदुरी गर्दै बिहान बेलुका छाक टार्न गाह्रो हुनेहरुलाई लक्षित गर्दै फुड होम सन्चालन गरेको अनेरास्ववियू(क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष विशाल तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। उहाँले यस्तो महान कार्यको समन्वय अखिल नेपाल स्वतन्त्र विद्यार्थि युनियनका केन्द्रीय नेता क्षितिज सापकोटा र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कुलको सहकार्यमा फुड बैंक अभियान चालेको बताउनुभयो।

जहाँ खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन्। राहत वितरण व्यक्तिको प्रचारको लागि नभै योगदानको निम्ति हुनुपर्ने नेता सापकोटा बताउनुहुन्छ। राहत वितरणको नाममा फोटो खिचाउँदै चर्चा हुने चलनलाई अन्त्य गर्दै यस्तो अभियान चालेको उहाँ भन्नू हुन्छ। यस सेन्टरमा सेनिटाईजर, दाल, चिनी, चामल, नुन,तेल आदि उपलब्ध हुनेछन्। यस्तो अभियान पोखराको विभिन्न स्थानहरुमा सन्चालन हुनेछन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार