गाउँ बिकासका लागि नायक प्रेम गोलेको संयोजकत्वमा स्वतन्त्र युवा समूह गठन

गाउँघरको थप बिकास कसरी गर्ने र कहाँ पहल गर्ने भनेर छलफल गर्दै अघि बढ्ने समुहको उद्देश्य रहेको छ।

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ४ स्थित डाँडा गाउँमा स्वतन्त्र युवा समुह गठन गरिएको छ। तामाङ चलचित्रका नायक प्रेम गोलेको संयोजकत्वमा सो स्वतन्त्र समूह गठन भएको हो। यस समुह गाउँको बिकास केन्द्रित रहेको प्रेम गोले बताउँछन्। बलेफी ४ वडाको बिकास निर्माण चुस्त दुरुस्त रुपमा अघि बढाउन र आवश्यक स्थानमा बजेट बिनियोजन गराउन पहल गर्दै अझै थप बिकासको लागि र चुस्तदुरुस्त तरिकाले बिकास निर्माणको काम गराउन दबाब दिने उद्धेश्यले यो समूह गठन भएको गोले बताउँछन्। साथै उहाँले यो समूह कुनै राजनीतिक बिचारधाराबाट फरक रहेको पनि जानकारी गराए। यो एउटा विशुद्ध समूह हो, जसले हाम्रो गाउँ ठाउँको बिकासलाई अझै अघि बढाउन के गर्ने भनेंर छलफल अनि निर्णय समेत गरिनेछ, गोलेले थपे।

डाँडा गाउँका करिब ३७ युवा लगायत बुबाआमाहरुको समेत उपस्थित रहेको थियो। यति मात्र नभै देश बिदेशमा रहनुभएका अन्य दाजुभाइहरुको पनि पुर्ण समर्थन रहेको छ। यस समुहले गाउँ टोलमा आईपर्ने समस्याहरुको लागि एक भएर लाड्न र युवाहरु कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न छलफल समेत गर्ने स्थानीय युवा बल बहादुर तामाङले बताए।

नायक प्रेम गोले कला क्षेत्रमा मात्र नभै गाउँ मै कृषि एवं कुखुरा पालनमा समेत लागिरहेका छन्। गोलेले गाउँ मै युवाहरुले केही गरेर बस्न सके बिदेशमा कोहि युवा जानै नपर्ने धारणा छ। अब स्वतन्त्र युवा संगठनलाई सकृय रुपमा बिकास तर्फ गाउँलाई अघि बढाउन लागि पर्ने उहाँको योजना छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार