मलेसिया घेदुङद्वारा लिदि पहिरो पीडितलाई एकलाख चार हजार प्राप्त

लिदिमा ३७ घर तामाङ परिवार पुर्ण रुपमा विस्थापित भएको छ।

  सरु लामा तामाङ

काठमाडौं
तामाङ समुदायमा आईपर्ने पिडालाई मलमपट्टी गर्दै आईरहेका तामाङहरुको गौरवशाली संस्था नेपाल तामाङ घेदुङ सम्बद्ध नेपाल तामाङ घेदुङ मलेसिया शाखाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ ।

मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको  रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले आज संघीय कार्यालय चुचेपाटिमा हस्तान्तरण गरेको हो ।

उपाध्यक्ष घिसिङले सहयोग रकम हस्तान्तरण गर्दै नेपाल तामाङ घेदुङ मलेसियालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेसम स्याङ्बोले प्राप्त सहयोग रकम पीडित परिवारलाई समान ढंगले जनप्रतिनिधिको रोहवरमा बितरण गरिने जनाएको छ । हस्तान्तरण कार्यक्रममा घेदुङको बिभागिय प्रमुख तथा आइटिसी वरिष्ठ उपाध्यक्ष टासी लामा, आइटिसी सचिव रबिन थिङ र  युवा घेदुङको केन्द्रीय अध्यक्ष बिलाम मोक्तानको समेत उपस्थिति रहेको थियो ।

सहयोग रकम पठाउने क्रममा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङले एक सन्देश पठाउदै तामाङ बस्ती नै तहसनहस हुनेगरी गएको पहिरोमा परी ठुलो सङ्ख्यामा तामाङहरुको मृत्यु र धेरै जना घरवर बिहिन हुन पुगेकोमा सिङ्गो समुदाय दुखित भएको बताएको छ । अध्यक्ष तामाङले यो दु:खद घडीमा  हामीले धेरै सहयोग गर्न नसके पनि थोरै आर्थिक सहयोग गरेको उल्लेख गर्दै मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसैगरी प्रवास स्थित जापान, अमेरिका, कतार, हङकङ, कुवेत, साउदि अरव, बहराईन, दुबई, बेल्जियम, साईप्रस लगायतका मुलुकमा कृयाशिल तामाङ संघ/संस्थाहरूले पनि पीडित परिवारलाई तात्कालिन र दीर्घकालीन रुपमा सहयोग गर्न संस्थागत रुपमा छलफल चलाईरहेको घेदुङको संघीय अध्यक्ष मोहन गोले तामाङलाई जानकारी गराएका छन । उहाँहरुबाट संस्थागत र ब्यक्तिगत रुपमा केहि दिनमै सहयोग उपलब्ध हुने अध्यक्ष गोलेले बताए ।

साउन ३० गते शुक्रबार बिहान गएको पहिरोबाट लिदी गाउँका दर्जनौ घर पुरिदा ३९ जना बेपत्ता, दर्जनौ घाईते र करोडौं धनमालको क्षेति पुगेको थियो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार