बरुवाका कामी लामा थिङको शव छाँगाको बिच भागमा, स्थानीयले निकाल्न सकिएन

शव निकाल्न सुरक्षा निकायको तालिम प्राप्त उद्धारकर्मीको आवश्यकता पर्ने देखिएको स्थानीय कान्छा स्याङ्बोले बताउनुभयो ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, बरुवा
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नं. २ का स्थानीय वर्ष ४९ को कामी लामा थिङ हिजो बिहान अन्दाजी ८-९ बजेदेखि बेपत्ता भए । स्थानीय छरछिमेकीले उनको खोजीकार्य तिब्र पारेपनी हिजो फेला पार्न सकिएको थिएन । हिजो स्थानीयहरुले कतै खोलाले बगाएको हुनसक्ने अनुमानको आधारमा मेलम्ची सम्म खोज्न आईपुगे पनि उनी फेला नपरेपछी गाउँलेहरु फर्केका थिए ।

यसरी पुनः आज बिहानै देखि खोजिकार्य गर्दा स्थानीय बरुवा २ को खड्कुलो छाँगाको तल्लो भागमा भेटिएको छ तर छाँगा वर्षातको समय भएकोले अति ठूलो भएकोले स्थानीय श्रोत साधानले शव निकाल्ने प्रयास गरेपनी सफल हुन नसकेको स्थानीय युवा कान्छा स्याङ्बोले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । आज बिहानै देखि गाउँलेहरुले शव निकाल्न प्रयास गरेपनी निकल्न सकिएन, शव एकदम अप्ठ्यारो ठाउँमा अड्केकोले निकाल्न सम्भव देखिएन, स्याङ्बो बताउँछन् ।

उहाँका अनुसार थिङको शव निकाल्न तालिम प्राप्त सुरक्षा निकायको बिशेष टोलि नै चाहिने देखिएको बताउनुहुन्छ । अहिले वडा अध्यक्ष, गाउँ पालिका अध्यक्ष र सुरक्षा निकायलाई समेत जानकारी दिईसकेकोले आज सम्भव नभएपनी भोलि निकाल्न सकिएला कि भन्ने अनुमान गरेको बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार