पेन्सलभेनिया नेपालीज् गुठीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री

महासचिव विष्टले कोरोना संक्रमण बिच संचारमर्मीले खेलेको भुमिकामा सरकार मौन बसेको धारणा व्यक्त गर्नुभयो

  प्रीतम कुमार तामाङ

काठमाडौं
कोभिड १९ को महामारीमा समेत फ्रन्टलाईनमा रहि समाचार संकलन गर्दै आएका २० सन्चार संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड को
बढ्दो अवस्थालाई मध्यनजर गर्दै पेन्सलभेनिया नेपालीज् गुठी अमेरिकाद्वारा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बुधबार नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा एक कार्यक्रमबीच सैलुङअनलाइनको संयोजनमा गुठीको सहयोगबाट सन्चारसंस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

गुुठीद्वारा उनीहरुलाई ५ लिटर सेनिटाइजर, थर्मलगन १, एन–९५ मास्क १० वटा, फेस शिल्ड, ग्लोब्स प्रदान लगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका महासचिव रमेश बिष्टले कोभिड–१९को सङ्क्रमण घडीमा पत्रकार साथीहरु संयमता अपनाएर कार्य गर्न आग्रह गर्दै संचारकर्मीले खेलेको भूमिकाप्रति सरकार मौन रहेको बताए । उनले भने, ‘साना लगानीमा संचालित स्वरोजगारमुखी मिडियालाई प्रवद्र्घनमा राज्यको विभेदकारी दृष्टिकोणले असहजता ल्याएको छ ।”

महासंघले कोभिड–१९ लाई मध्येनजर राखी फ्रन्टलाइनमा खटिएका पत्रकार लगायत सबैलाई सहयोग गरिरहेको उल्लेख गरे । नीति निर्माणमा महासङ्घले छलफल गरेर नै अगाडि बढेको छ, उनले भने ।
आदिवासी जनजाति पत्रकार संघ (फोनिज) का अध्यक्ष एवं नागरिकखबरका संस्थापक अध्यक्ष डण्ड गुरुङले सरकारले नदेखेका थेप्चो संचारकर्मीहरुको स्वास्थ्यप्रति सचेत रहँदै सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिए । ठूला मिडिया कम्पनीले संचारकर्मीलाई बेतलबी बनाउने, अवकाश दिने जस्ता कार्य असह्य भएको बताए । ठूला मिडियाबाट निकालिने आदिवासी पत्रकार नै अगाडि रहेको छ, उनले भने, ‘सरकारको हेर्ने आँखा पञ्चायतको भन्दा कम छैन । विभेद अझै उच्च छ ।’ राज्यले ठूलो मिडियालाई पोसेको छ । आदिवासी पत्रकारमाथी नै टार्गेट बनाएको आरोप लगाए ।

अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामाले मातृभाषा शिक्षामा स्थानीय तहले प्रथामिकता दिनुपर्ने बताए । उनले पत्रकारहरुको मर्म बुझेर सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिदै यो सरहानीय कार्य गरेको औल्याए ।

नेपाल तामाङ घेदुङ उपाध्यक्ष कुमारसिंह घिसिङ तामाङले पत्रकारहरुको मर्मलाई बुझेर कोरोना बीमा गर्नेदेखि फ्रन्टमा कार्यरत संचारकर्मीलाई घेदुङले सहयोग गरेको उल्लेख गरे ।

सैलुङअनलाइनसँग सहकार्य गरिएका इन्डिजिनियस टेलिभिजन, नागरिकखबर, जन्मभूमिपोष्ट, गोकर्णन्यूज, तामाङ भ्वाइस, इसरोकार, साराखबर डट कम, मिरमिरे एफएम लगायत संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको संयोजक श्यामलाल लामाले बताए । कार्यक्रममा संचारकर्मीहरुको मर्मलाई बुझेर सहयोग गरेबापत गुठीलाई प्रशांस पत्र प्रदान गरेको छ ।

हस्तान्तरणमा फोनिजका सचिव एवं इन्डिजिनियस टिभीका संस्थापक जगत दोङ, कलाकार बुध्दि तामाङ, त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पस आर्ट डिजाइनका लेक्चरर कमल योन्जन, घेदुङका महासचिव बाबु घिसिङ, वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा लगायत उपस्थित रहेका थिए ।

स्वास्थ्य सामाग्री उपलब्ध भए पश्चात् संचार संस्थाबाट उपस्थित संचारकर्मीहरुले यो महामारीमा समचार संकलनका क्रममा हरेक क्षेत्रका व्यक्तिहरु संग धेरै जनसम्पर्क हुने अवस्थामा उक्त सामाग्रीहरुले भाइरस प्रतिरोध गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । जसले गर्दा डर त्रास लिएर रिपोर्टिङ गर्नु पर्ने अवस्था नहुने बताउँछन् । अब निर्धक्क भएर आत्मबलका साथ फिल्डमा खट्न सक्ने उनिहरुको भनाई छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार