घाइतेको उद्धार देखि विस्थापितलाई खाद्यान्न वितरणमा क्षेत्रीय सभापति बस्नेत

"सि.पा. काँग्रेस १ नं. क्षेत्रीय सभापती बालकृष्ण बस्नेत निरन्तर बाढी पिडितलाई राहत वितरणमा"

सिन्धुपाल्चोक, बाह्रबिसे
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत सहित नेविसंघका युवाहरु जम्बु बाढी पहिरो पिडितहरुको सेवामा घटनाकै दिन देखि अहोरात्र खटिँदै आईरहनुभएको छ । घाईतेको उद्धारका लागि उहाँ सहित युवा नेता युधिर, ज्ञानेन्द्र लगायतको टिमको एउटा तस्विर जसले सामाजिक संजाल देखि मिडियाहरुमा समेत राम्रै प्रशंसा बटुलेका थिए । घाइतेको उद्धार गर्दै हरेको तस्वीर यस्तो छ ।

बस्नेत विस्थापितको व्यवस्थापनको लागि त्रीपाल देखि खाना पकाउने ग्याँस चुल्हो, सिलिन्डर देखि खाद्यान्न वितरण कार्यमा निरन्तरता लाग्दै आउनुभएको छ ।

भर्खरै पनि उहाँले बाह्रबिसे नगरपालिका वडा न ५ भञ्ज्याङ्बाट आवजजावात गर्न गाह्रो १० बाढिपहिरो पीडित घर परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । सभापति बस्नेतले “जनताको सुख दुखमा साथ दिन जित्नै पर्छ भन्ने छैन, सहयोग मनले गर्ने हो, जो उहाँले गरेर देखाई रहनुभएको छ” भन्ने कुराको प्रमाणित गरेर देखाएको पिडित स्थानीयहरुले महशुस गरेका छन । हामी अहिले विस्थापित छौँ, सडक बाटोको अवस्थाले गर्दा खाद्यान्न ल्याएर खाना सक्ने स्थिती समेत छैन । यो बेला हामीलाई राजनीतिक आस्था भन्दा माथी उठेर सबैले सहयोग गर्नुपर्छ तर पिडित र विस्थापितको विबस्ताको फाईदा उठाई राहतको नाममा अनियमितता नहोस भन्छन् पिडितहरु ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार