Covid-19 Hero अवार्ड पाउँदा उत्साह, उमंग र उर्जा मिलेको छ- क्युकोशिन कराँते कोच उमेश गुरुङ

  प्रीतम कुमार तामाङ

काठमाडौं
कोभिड १९ को समयमा बिशेष योगदान पुर्याए वापत क्युकोशिन कराँतेका कोच उमेश गुरुङ Covid-19 Hero Award द्वारा सम्मानित हुनुभएको छ । सो अवार्डको लागि गुरुङ अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले चुनिएका हुन् । उहाँ क्युकोशिन कराँतेका उत्कृष्ट खेलाडी, अन्तरास्ट्रिय पदक बिजेता खेलाडी एवं प्रशिक्षक समेत हुनुहुन्छ । हाल कोटेश्वर भाटभाटेनी स्थित मल्टिपर्पोज मार्शल आर्ट तालिम केन्द्र सन्चालन गर्दै आएको छ । गुरुङको टिमले कोभिडका बेला काठमाडौंमा अप्ठ्यारोमा परेकाहरुको खुला हृदयका साथ सहयोगमा जुट्नु भएको थियो । हिरो अवार्डबाट सम्मानित भएपछी गुरुङले सामाजिक संजाल मार्फत यसरी आफ्नो भावना पोखाउनुभएको छ ।

“विश्वब्यापी रूपमा फैलिएको महामारी (COVID-19)  HERO AWARD  द्वारा मलाई पनि सम्मानित गरिएकोमा म धेरै खुशि भयको छु । साथै मलाई सामाजिक कार्य गरे बाफत यस AWARD ले सम्मान गर्ने HAMI NEPALI GLOBAL लाई विषेश धन्यवाद दिन चाहन्छु । यो AWARD ले आगामी दिनमा अझै धेरै थप उत्साह, उमङ्ग, उर्जा, मिलेको छ । मलाई यस कार्यमा अहोरात्र साथ दिने मेरा धेरै साथीभाई सबैलाई नमन गर्न चहान्छु ।  🙏 तपाईहरुको साथ सहयोग, माया, आशिर्वादले यो महामारी संग लड्ने आँट गरेकाे थिए भोलिका दिनमा पनि यस्तै साथ सहयोग दिनुहुन्छ भन्नेमा विश्वष्त भयको छु ।

यसैगरीअहोरात्र COVID-19 महामारीमा समाजसेवा गरे वाफत सुवास रिमाल, सुमन जि सी, कुलदीप सिजापती र बिनायक लामीछाने, ध्रुब श्रेष्ठ ज्युको कार्यलाई पनि उच्च मुल्यांकन गरी HERO AWARD  द्वारा सम्मानित गरिएकोमा धेरै धेरै बधाई तथा आगामी दिनहरूमा पनि सामाजिक कार्य गर्नकाे लागी नि-स्वार्थ रुपमा अघि बढी रहन समेत थप हौसला मिलोस भन्दै संपुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विषेश धन्यवाद :उत्तम भण्डारी ज्युलाई दिन चहान्छु, जस्ले COVID-19 बिरुद्द लाग्न हामी सबैलाइ प्रेरित गरायको थियो ।  

हामी नेपाली ग्लोबलले महामारी लगायत प्राकृतिक विपत्तिमा परेको बेला निस्वार्थ भावनाले मानवीय सहयोग गर्नेहरुलाई अझै उत्प्रेरित होस् भन्ने उद्देश्यले सम्मान गर्दै आएको छ । यो एक विशुद्ध गैरराजनीतिक, गैर नाफामुलक संस्था रहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार