जुगल २ का वडा अध्यक्ष प्रताप लामालाई Covid-19 Hero Award

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामालाई हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रीय संस्थाद्वारा सम्मानित हुनुभएको छ । सो संस्था अमेरिका स्थित रहेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ को विषम परिस्थितिमा त्यसबाट प्रत्यक्ष असर परेका पिडितहरुको लागि विशेष सहयोग पुर्याएको कारण लामा सम्मानित हुनुभएको हो । उहाँले कोरोनाको समय भएको अति संवेदनशील समयमा लकडाउनका कारण काठमाडौं मै फसेका दैनिक चुल्हो बाल्न धौधौ परेका, दैनिक ज्यालादारी मजदुरी गरि जीवन धान्नेहरुलाई आफ्नै अग्रसरतामा खाद्यान्न लिएर डेरा डेरा मै पुर्याईदिनुभएको थियो । उहाँले करिब २५० घर परिवारलाई राहत उपलब्ध गराउनुभएको थियो ।

यति मात्र हैन लामाले केही दिन अघि आफ्नै वडामा गएको पहिरोबाट विस्थापित स्थानीयहरुलाई त्रीपाल, खाद्यान्नको साथै खानेपानीको पाईप वितरण गराउनुभएको थियो । हिरो अवार्डबाट सम्मानित हुनुभएका अध्यक्ष लामाले यो सम्मानले अझै भावी दिनहरुमा यस्तै मानवीय कार्यहरु गर्ने प्रेरणा बढेको महशुस भएको जन्मभूमि पोष्टलाई बताउनुभयो । उहाँ भन्नु हुन्छ आफुले दुख परेको बेलामा आफ्नो स्थानबाट एउटा जिम्मेवारी निभाएको र मानवताको लागि हर नागरिकको त्यो जिम्मेवारी पनि हुने भएकोले आफैंलाई ठूलो काम गरेछु भन्ने जस्तो भनें कहिल्यै नलाग्ने बरु हामीले अझै धेरै गर्न बाँकी छ, जुन समयअनुसार गर्दै जानेछु भन्नू हुन्छ ।

हामी नेपाली ग्लोबलले महामारी लगायत प्राकृतिक विपत्तिमा परेको बेला निस्वार्थ भावनाले मानवीय सहयोग गर्नेहरुलाई अझै उत्प्रेरित होस् भन्ने उद्देश्यले सम्मान गर्दै आएको छ । यो एक विशुद्ध गैरराजनीतिक, गैर नाफामुलक संस्था रहेको छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार