धिक्कार छ, दुईतिहाई सरकार ! भन्दै नेकपाका उपमेयरले गरे राजिनामाको घोषणा

कलम देखि गाडी सम्म किन्दा भएको भ्रष्टाचारको एकएक प्रमाण छ । उपमेयर चौधरी

  जन्मभूमि संवाददाता

उदयपुर
‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार !’ यो वाक्यांश हो उदयपुर बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेको भावना । चौधरीले वर्तमान आफ्नै नेकपा पार्टीको सरकारप्रति  वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् । उहाँ नेकपाका निर्वाचित उपमेयर हुन् ।

बुधबार साँझ चौधरीले फेसबुकमा ‘काला कर्ततु’ स्वीकार गर्न नसक्ने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिने बताएकी हुन् । यसरी सामाजिक संजाल मार्फत राजिनामा दिन खोज्नुको चुरो कुरो के होला भनेंर सबैलाई आश्चर्य नपर्ने कुरै भएन । यस विषयमा उनले सन्चारमाध्यमलाई दिईएको अन्तर्वार्ता अनुसार आफ्नो पालिका भित्र चरम भ्रष्टाचार र बेथिती बढेको र पटकपटक कार्यापालिका बैठकहरुमा कुरा उठाउँदा कुनै सुनुवाई नभएको बताउनुभएको छ । त्यस्तै आफुलाई मेयरले समेत तल्लो स्तरको गाली दिएको, कर्मचारीहरुले सहयोग नगरेको समेत जानकारी दिनुभएको छ ।

त्यस्तै आफू संग नगरभित्र भएको भ्रष्टाचारको एकएक विवरण भएकोले अहिले जनता संग छलफलमा रहेकोले वैधानिक रुपमा राजिना दिने या नदिने भन्ने कुरामा तुरुन्तै भन्न नसकिने समेत बताउनुभएको छ । राजिनामा नदिनको लागि नगर भित्रको कलम किन्द देखि गाडी किन्दा सम्मको हिसाब किताब छानबिन हुनुपर्ने माग उहाँको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार