सिन्धु घेदुङका अध्यक्ष स्याङ्बो हामी नेपाली ग्लोबल हिरो अवार्डबाट सम्मानित

  प्रीतम कुमार तामाङ

काठमाडौं
सम्मान पाउन त्यति सजिलो छैन । जसले सम्मान पाउन लायक काम सामुदायको लागि निस्वार्थ भावनाले गर्न सक्छ उनैले पाउने हो । हो यस्तै एक व्यक्तित्व जो विकट गाउँमा जन्मेर त्याग, समर्पण अनि सहयोगको लागि लगातार लाग्दै आईरहनु भएको छ । उहाँ कोहि नभएर नेपाल तामाङ घेदुङ जिल्ला सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बो हुनुहुन्छ । उहाँले विगतमा भुकम्प देखि अन्य विपत्तिहरुमा सकेको सहयोग गर्दै विद्यालयहरुलाई प्राविधिक, शैक्षिक सामाग्रीहरु समेत वितरण गर्दै आउनुभएको छ ।

हाल बिश्वमै फैलिरहेको कोभिड १९ महामारि र प्राकृतिक प्रकोपको असहज परिस्थितिमा जीवन धान्न कठिन भैरहेका परिवारहरुलाई विशेष सहयोग गरेको भन्दै घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष एवम नेकपाका युवा नेता रेशम स्याङबोलाई हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रिय संस्थाले हिरो अवार्ड प्रदान गरेका हुन् । यो संस्थाले विभिन्न प्राकृतिक विपत्ति, महामारीको बेलामा खुलेर पिडित अनि विस्थापितहरुको सहयोगमा जुटेका बिशेष व्यक्तित्वहरुलाई सम्मान गरिँदै आएको छ । यसै मध्य जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बो पनि सम्मानितमा पर्न सफल हुनुभएको हो । यो संस्था गैर राजनितिक, गैर नाफा मुलक संस्था समेत रहेको छ । यो विषम परिस्थितिमा अप्ठ्यारामा परेकालाई सहयोग गर्नु पर्ने भन्दै हामी नेपाली ग्लोबल नामक संस्थाका अध्यक्ष अमृत लामाले सकेको सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन ।

स्याङ्बोले यति मात्र हैन कोरोनाकै बिचमा अर्को प्राकृतिक विपत्तिबाट घरबार छाडी दयनीय अवस्थामा झरीले रुझ्दै बसिरहनुभएका जुगल गाउँ पालिकाको विकट गाउँ नाम्फाका स्थानीयहरुलाई त्रीपाल वितरण गर्नुभएको थियो । सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ नाम्फामा युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुग्नुभएको थियो । गएको २६ गते राती परेको अविरल वर्षातका कारण झरेको पहिरोबाट बस्ती छोडेर विस्थापित हुनुपरेको गाउँलेहरुलाई बासस्थानको समस्या भएकोले तत्काललाई राहत स्वरुप त्रीपाल वितरण गर्न उहाँ पुग्नुभएको हो । स्याङ्बो जुगल गाउँ पालिकाका तत्कालीन माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार, नेकपा जिल्ला सदस्य र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । युवा नेता स्याङबाे सहितले ७० थान त्रीपाल बोकेर नै नाम्फामा पुग्नुभएको थियो । त्यस्तै गरि सन्चगाउँमा पनि जोखिमको अवस्था अवलोकनका लागि उहाँहरु पुग्नुभएको थियो ।

प्रकृतिले दिएको यो पिडामा सकेको सहयोगको लागि आफू अघि सरेको स्याङ्बो बताउनुहुन्छ । सहयोग सानो या ठूलो भन्दा पनि अहिले आवश्यक के छ त्यो हामीले गर्नुपर्ने भनाइ उहाँको छ । जुगलको मात्र नभै अन्य विकट गाउँहरुमा भएको यस्तै प्राकृतिक विपत्तिहरुमा यथासम्भव भएसम्म राहत र उद्धारको लागि सरकारको मात्र मुख ताकेर नबसी सबै मिलिजुली लागि पर्नुपर्ने नेता स्याङ्बो बताउनुहुन्छ ।

त्यस्तै मनले चाहेर राहत तयार पारेपनी बाटो र जनशक्तिको अभावमा पिडितहरु सम्म राहत समयमा नपुग्नेगरेको उहाँको भनाई छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार