रक्षामन्त्री र स्वास्थ्यमन्त्री लगायतका विरुद्ध अख्तियारमा उजुरी दर्ता

  जन्मभूमि संवाददाता

काठमाडौं
“इनफ इज इनफ” का सामाजिक अभियन्ताहरुको समुहले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन । उजुरीमा कोभिड १९ को महामारीको बेला खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको उल्लेख छ । उजुरी कर्ता अभियन्ताहरुले उनिहरुको फोन कल डिटेल तथा अन्य माध्यमबाट भएको सम्पर्कको आधारमा छानबिन गर्न माग गरिएको छ । उजुरीमा पिसिआर किट खरिद ठेक्कामा ठुलो कमिसनको चलखेल हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विज्ञको सम्पत्ति छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न माग समेत गरिएको छ ।

उजुरीकर्ताले स्वास्थ्य सामग्री खरिद प्रक्रियाको यथार्थ , खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिक लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सत्य तथ्य जानकारीको माग पनि गरेको छ । अख्तियारमा यो नै पहिलो उजुरी भनें होईन । उनिहरु विरुद्ध यसअघि पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितताका भएको भन्दै अख्तियारमा उजुरीहरु परेको थियो ।

उजुरी पत्र ;

सुचना माग गरेको पत्र ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार