जुगल उपाध्यक्ष र २ नं. वडा अध्यक्षको पहलमा लिदिका १४० धुरी पहिरो पिडितलाई खाद्यान्न

सिन्धुपाल्चोक समाज दक्षिण कोरिया आर्थिक सहयोग संस्थाका प्रतिनिधि चन्द्र प्रकाश शाक्य को सक्रियतामा खाद्यान्न सहयोग उपलब्ध भएको थियो ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, जुगल
गएको असार २६ गते राती आएको पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला जुगल गाउँ पालिका २ नम्बर वडामा पर्ने लिदिबासी विस्थापित भएको थियो । त्यहाँका १४० घरपरिवार घर छाडेर त्रीपालको छाना मुनि चिसो भुँईमा बस्न विबश छन् । स्थानीय लिदिबासी यति बेला राहतको पर्खाईमा छन् । यस्तै अवस्थामा लिदि पहिरो विस्थापित घरधुरी लाई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । जुगल वडा नं. २ का अध्यक्ष प्रताप लामा र गाउँ पालिका उपाध्यक्ष सृजना तामाङ को संयुक्त पहलमा वितरण गरिएको हो ।

जसको लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया आर्थिक सहयोगमा संस्थाका प्रतिनिधि चन्द्र प्रकाश शाक्य को सक्रियतामा सहयोग उपलब्ध भएको थियो।
राहत गाउँ पालिका उपाध्यक्ष र वडा अध्यक्ष को उपस्थितिमा कात्तिके बजारमा वितरण गरिएको थियो।

राहत प्रत्येक घरधुरी बराबर १ बोरा चामल, ५ किलो दाल, १ प्याकेट तेल, १ प्याकेट नुन र १ थान ओढ्ने प्लास्टिक वितरण गरिएको छ । राहत वितरण मा आर्थिक सहयोग उपलब्ध गरेका संस्था लाई वडा अध्यक्ष र गाउँ पालिका उपाध्यक्षले विपदको बेलामा पिडित परिवारहरुलाई मानवताको नाताले सहयोग गर्नुभएकोमा पिडित परिवार संगै आफुहरु पनि खुशी रहेको बताउनुहुँदै  धन्यवाद ज्ञापन गर्नुभएको छ ।

केही दिन अघि मात्रै पनि विस्थापित स्थानीयहरुलाई वडा अध्यक्ष प्रताप लामा स्वयम् त्रीपाल र खानेपानीको लागि पाईप लिएर पुग्नुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार