एजेन्सी
चर्चित फुटबल प्रतियोगिता स्पेनिस ला लिगा सम्पन्न भएको छ । यो सिजनको स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले हात पारेका छन् । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए । फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे ।
भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्यो । रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ ।