डा. नवराज के.सि. ले तिरिदिए भैंसी किन्दा किसानलाई लागेको ऋण

  जन्मभूमि संवाददाता

सुर्खेत
आफ्नाे छिमेकी किसान भैंसी किन्दा लागेकाे ऋण तिर्न नसकेर समस्या परेकाे थाहा पाए पछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत बाल बिशेषज्ञ डा. नवराज के.सी.ले छिमेकी किसानकाे डेड लाख ऋण तिरी दिएका छन् । उक्त किसानले भैंसी किन्दा लिएकाे सत्तरी हजार ऋण बढेर डेड लाख पुगेकाे थियाे ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले उक्त रकम प्रोत्साहन स्वरुप भत्ता बापत उपलब्ध गराएको थियाे । डा. के. सी. लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले कर्णालीका दुर्गम गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

उनकै अगुवाइमा प्रदेश राजधानी वीरेन्द्रनगरलाई सफा र हरियाली बनाउन ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलिरहेको छ। डा. के. सी. विरेन्द्रनगर- १, सुर्खेत निवासी हुन् । यो समाचार अनलाइन खबरमा लेखिएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार