राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकी सरिता गिरि पार्टी र सांसदबाट निलम्बन

गिरिले नेपाली भुमी लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो र ? भएर विवादित प्रश्न गरेकी थिईन ।

  जन्मभूमि संवाददाता

काठमाडौं
समाजवादी पार्टीले केही हप्ता अघि एक राष्ट्रिय टेलिभिजनमा राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै आफ्नो पार्टीबाट सांसद सरिता गिरिलाई निलम्बन गरेको छ । यो निर्णय सँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । गिरि नेपालको पुरानो नक्साबाट नयाँ नक्सा पारित गर्ने क्रममा त्यसको विपक्षमा अभिएकी थिईन । त्यस्तै नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो र ? भनेर उल्टै प्रश्न गरेकी थिईन । त्यसपछि उनी चौतर्फी आलोचित भएकी थिईन ।

पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले यस अघि नै सामाजिक संजाल मार्फत गिरिलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि र सांसद पदबाट पनि मुक्त गरिएको सार्वजनिक गरेका थिए । यस्तै पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारवाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार