राष्ट्रिय युवा संघ जुगलको पहलमा गापा कोरोना रोकथाम कोषमा ५ लाख १ हजार २२५

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गाउँपालिकाको कोरोना रोकथाम कोषका लागी नेकपा जुगल राष्ट्रिय युवा संघ नेपाल जुगलको बिशेष पहलमा नगद रु. ५०१२२५/- (पाँच लाख १ हजार २ सय २५ ) संकलन गरेको छ । उक्त रकम नेकपा केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध ) को विशेष उपस्तिथिमा  गाउँ पालिका महासंघ नेपालका अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ लाई आइतबार हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ जुगलका संयोजक फूलकाजि स्याङबो (वानपिस) जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

जुगलका स्थानीय जनताहरुलाई कोरोनाबाट कुनै असर आईपर्न सक्ने भावी समस्याको लागि पुर्व तयारी स्वरुप सो रकम जुगलकै स्थानीय नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु, प्रदेश नेता, जिल्ला नेता देखि स्थानीय नेताकार्यकर्ता सम्मले आफ्नो गच्छे अनुसार सकेको नगद रकम उक्त कोषमा जम्मा गरेको छ । जसमा अध्यक्ष श्रेष्ठले नगद रु.६८०००/-, उपाध्यक्ष शृजना तामाङले रु. ३००००/-, वड नं. ७ का अध्यक्ष दिल कुमार लामाले रु.२३०००/-, आर्थिक विभाग सदस्य बाग्मती प्रदेश नेकपा ईश्वर गुभाजु २००००, वडा नं.१,२,४ र ६ का वडाअध्यक्षहरु प्रत्येकबाट रु. १९०००/- का दरले र नेकपा जिल्ला सदस्य रेशम स्याङ्बो लगायत दर्जनौं नेकपा नेता कार्याकर्ताहरुले सो कोषमा रकम जम्मा गरेका छन् ।

राष्ट्रिय युवा संघको पहलमा यसरी कोरोनाको विरुद्धमा लड्न एक भै अघि बढेकोमा स्थानीय जनता खुशी छन् । सो रकम कोरोना रोकथामका लागि खर्च गरिने गाउँ पालिका श्रोतले बताउनुभएको छ ।

सलह आए कसरी व्यवस्थापन गर्ने ? भिडियो तल

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार