तपाईं पत्याउनु हुन्छ ? सलह किरा खसीको मासु भन्दा पनि पौष्टिक

सलह भारतबाट थप नभित्रीए आफैं हराउँदै जाने कृषि मन्त्रालय को जानकारी

  जन्मभूमि संवाददाता

जब शनिबार बिहान नेपालको तराईका जिल्लाहरु बारा, पर्सा र सर्लाही हुँदै सलह नेपाल भित्रीए त्यसपछी नेपाली कृषकहरुका लागि एक खाले त्रास उत्पन्न भयो । किनकी यसले हजारौं हेक्टर खाद्यान्न बाली देखि हरियाली क्षण मै सखाप पार्ने गरेको प्रमाणहरु प्रशस्तै छन् । जब यो भित्रीयो तब प्रदेश ५ सरकारले निर्णय नै गरे कि यो समातेर ल्याउनेलाई केजिको रु.२० दिने । जुन कुरा देशै भर फैलियो । केही अघि मात्र सलह नेपाल भित्रीदैँन भन्ने कृषि मन्त्रालय यति बेला यसलाई कसरी निर्मुल गर्ने भनेंर थप अध्ययन अनुसन्धानमा लागेको जानकारी आएको छ ।

यस्तै सिलसिलामा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र विषादी विज्ञ महेश आचार्यले चाख लाग्दो कुरा बताउनुभएको छ । उहाँका अनुसार सलह किरा मानव स्वास्थ्यको लागि पौष्टिक युक्त आहार भएको जनाएका छन् । यसमा राँगा, खसीको मासुमा भन्दा पनि बढी पौष्टिकता हुने भएकोले समातेर खाना मिल्ने उहाँको तर्क थियो ।

सलह पाकिस्तान, भारतमा समेत खाने गरेको छ । तराईका जिल्लाहरुमा भितीए संगै यसलाई पकाएर खाएको जानकारी कृषि मन्त्रालयमा समेत आएको छ । अर्को यसलाई कुखुरा, हाँसको आहारा पनि बनाउन सक्ने बताईन्छ ।

कृषि मन्त्रालयका अनुसार भारतबाट थप आएन भने नेपालमा आफैं हराएर जाने निश्कर्ष निकालेको छ । यसको आयु चारदेखि पाँच हप्ताको हुन्छ । यसले राम्रो वासस्थान पाएन भने यो आफैं मर्छ ।

यसो गर्नुस् सलहबाट वचन गाउँघरमा (भिडियो)

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार