श्रमजीवी पत्रकारहरुलाई राहतको प्याकेज घोषणा गर्नु पर्छ – पत्रकार महासंघ

आफ्नो स्वास्थ्यको ख्याल नराखी फ्रन्ट लाईनमा रहेर सहि सुचना, समचार संकलनमा लागि पर्ने संचारकर्मिहरुलाई राहत प्याकेज घोषणा गर्नुपर्छ ।

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोनाका कारण श्रमजीवी पत्रकारहरु पनि मारमा परेका छन् । केही मिडिया हाउसले कार्यरत पत्रकारहरुलाई कोरोनाको कारण तलब भत्ता दिन नसक्ने भन्दै निकालिए । जसले गर्दा उनिहरु थप पिडामा परे । फ्रन्ट लाईनमा काम गर्ने पत्रकारहरु दिनरात नभनी सहि समयमा सहि सुचना सम्प्रेषण गर्न लागि परि नै रहे । बिश्व नै कोभिडका कारण भयभित भैरहेको समयमा यसरी आफ्नो स्वास्थ्यको ख्याल समेत नगरी सुचना, समचार संकलनमा अहोरात्र खटिने संचारकर्मिहरुको लागि राहतको आवश्यकता हुने नै भैहाल्यो ।

यसैकारण श्रमजीवि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले पेशागत सेवा सुरक्षाको समेत सरकारले ग्यारेन्टी गर्न माग गरेका हुन् ।

प्रेस विज्ञप्तिमा संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, क्रान्तिकारी पत्रकार महासंका अध्यक्ष इन्द्र राउत सहित १० पत्रकार संघ संगठनद्वारा हस्ताक्षर गरिएका छ ।उनीहरुले पत्रकार हरुलाई पेशागत को ग्यारेन्टी सहित राहत प्याकेज सरकारले ल्याउनु मा सबैको एक मत रहेको बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार