प्रदेश ५ सरकारले सलहको प्रती केजि २० रुपैयाँ दिने घोषणा । जन्मभूमि पोष्ट

अब अनिकाल हुन सक्ने आकलन । सलह के हो ? यसलाई कसरी भगाउने ?

  जन्मभूमि संवाददाता

प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेहरुको लागि उत्कृष्ट योजना सार्वजनिक गरेको छ । सरकारले प्रतिकिलो रु २० रुपैयाँ दिने निर्णय गरेको कृषि विकास निर्देशनालय प्रदेश नं. ५ कि वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जनकारी दिनुभएको छ । यो रकम संकलन गर्नेलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको हो ।

यसरी सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताउनुभएको हो ।

सलह आज दिनभरीमा पाल्पा आईसकेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले बताउनुभएको छ ।
यो पनि पढ्नुहोस् ;
काठमाडौं
|| कृषि तथा पशुपंक्षी मन्त्रालयले सलह नेपालमा प्रबेश हुँदैन भन्दा भन्दै प्रबेश गरे । अब अनिकाल हुन सक्ने आकलन । सलह के हो ? यसलाई कसरी भगाउने ? ||

भिडियो रिपोर्ट ;

भारत हुँदै सलह नेपाल छिरिसकेको छ । खाद्यान्न वाली देखि हरियालि नष्ट गर्ने जिवको रुपमा लिईने सलह नेपाल छिर्न सक्ने आकलन धेरै अघि देखि गरेको थियो । यो संगै नेपालको तराई भेगको ३ जिल्लामा शनिबार देखी देखिन सुरु गरेको छ । बारा, पर्सा र सर्लाहीमा बिहान देखि सलह देखिएको भिडियोहरु स्थानीयहरुको सामाजिक संजालमा पोष्ट गरेका छन् । जसबाट सबैतिर सलह आएको चर्चा संगै त्रास उत्पन्न गराएको छ ।

भिडियोमा नेपाल छिरेका सलह रुख, भुई र घरका भित्ता तिर बसेको देखिन्छ । केही दिनदेखी पश्चिमबाट पुर्व तिर बहेको हावाको चाप अचानक दक्षिणबाट उत्तर तर्फ बहेकोले यसको झुन्ड तितरबितर भएर नेपाल तर्फ आएको हुन सक्ने अनुमान छ ।

यसको प्रबेश नेपालमा भयो भनें खाद्यान्न बाली नष्ट गर्ने भएकोले अनिकाल लाग्न सक्ने अनुमान विभिन्न बाली विशेषज्ञहरुले समेत गरिएको थियो । तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भनें यो वर्ष सलह नेपाल प्रबेश गर्दैन भन्ने  निश्कर्ष निकालेका थिए जुन गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

के हो सलह किरा ?
यो एकप्रकारको फट्याङ्ग्राको एक प्रजातीमा पर्दछन् । यो लाखौंको झुन्ड बनेर समुहमा उड्ने गर्दछन् । यसको हुलले हजारौं हेक्टर हरियाली छिनमै खाएर नष्ट गर्ने गर्छन् । सहलको तौल औसत मात्र २ ग्राम जति हुन्छ । खान्छ पनि त्यति नै । तर जब यो सलह लाखौं करोडौंको संख्याको बथान बनाएर हमला गर्छ तब केही मिनेटमा नै यसले पूरा बाली नै बर्बाद गर्न सक्छ । सलह सुनसान इलाकामा पाइन्छ ।

सलह यसपटक पुनः चर्चामा छ । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ । यसरी छिमेकी देश हुँदै नेपालमा यसले प्रवेश गरिसकेको छ ।

यसको समाधान कसरी गर्ने ?
करिब ६० वर्ष पश्चात् सलह नेपालमा प्रबेश भएको हो ।  यो अवस्थामा अब यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ भन्ने तर्फ पनि बिशेष जोड दिन आवश्यक छ । एग्री फ्याक्ट नेपालका अनुसार स्थानीय स्तरमा यसलाई व्यवस्थापन गर्न यसको हुललाई तितरबितर गराउन आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पिकर बजाउने, किटनासक औषधिहरु जस्तै जैविक मेटाराईजियम, रासायनिकमा मालाथियोन, डाईजिनन, फिप्रोनिल, बोरिक एसिड प्रयोग गर्न सकिन्छ । त्यस्तै अन्य विधिहरुमा प्रजनन गर्न सक्ने ठाउँ नस्ट गर्ने, लसुन पानी छर्ने, पातमा पिठो छर्कने र झुल वा जालको प्रयोग गर्न सकिन्छ । धन्यवाद । जय जन्मभुमि ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार