२८ वर्षीया सोमिका तामाङले थापथली अस्पतालमा ५ शिशुलाई जन्म दिईन्

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा  एक महिलाले पाँच शिशुको जन्म दिएकि छ । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले  एकै साथ पाँच शिशु जन्माएकी हुन् ।

सोमबार  अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुको जन्मदिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन्। तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल  छन्।

डा. मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ। “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ।”
ती शिशुहरुको तौल  क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार  जीवित शिशुमा चार जना छोरी हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार