सशस्त्र प्रहरी नं. १६ गणद्वारा जल उत्पन्न प्रकोप सम्बन्धि कृतिम अभ्यास सम्पन्न

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
विपद प्रतिकार्य पुर्व तयारी योजना अनुसार जल उत्पन्न प्रकोप सम्बन्धी काल्पनिक घटना बनाई कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हेडक्वाटर सिन्धुपाल्चोकको आयोजनामा चौसागढि नपा. १० सुकुटे स्थित सुनकोसी नदि किनारमा तालिम प्राप्त सशस्त्र प्रहरीका कर्मचारीहरुले विपद उद्दार सम्बन्धी विभिन्न विधिको प्रयोग गरि आफ्नो कला कौशल मार्फत उद्दार गरेका दृश्य देखाईएको थियो।

कार्यक्रम गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो। साथै, कार्यक्रममा जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन शाखाका अधिकृत रवि धिताल, चौसागढी विपद शाखा अधिकृत चिरञ्जीवी कट्टेल, सुनकोसी, बलेफीका विपद शाखा फोकल पर्सनहरु, नेपाल रेडक्रसका जिल्ला प्रमुख राजेन्द्रमान ताल्चा भडेल सहितको टिम, सिन्धु सदाबहार अस्पताल खाडी चौरका डाक्टर सहितको टिम, नेपाली सेना तथा नेपाल प्रहरीका स्थानीय प्रतिनिधि लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि उपरीक्षक पोखरेलले सिन्धुपाल्चोक जिल्ला विपद जोखिमको हिसाबमा अतिनै संवेदनशील जिल्ला रहेको बताए। उनले यस कारण पनि जिल्लाले वर्षेणी अत्याधिक मात्रामा धनजनको क्षति व्योहोरिरहेको कुरालाई स्मरण गराउँदै विपदको कारण हुने क्षतिहरु मानवीय पहुँच भन्दा बाहिर रहेता पनि सबै निकायहरु तथा स्थानीय समुदायहरुको सहकार्य र समन्वय भएमा मात्रै पनि क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो। उपरीक्षक पोखरेलले विपद न्यूनीकरणका लागी, छिटोछरितो उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल सदैव सक्षम र तत्पर रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार