९० हजारको सुपारी दिई आफ्नै श्रीमतीले रामलालको हत्या गरेको खुलासा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गत चैत्र १ देखि सम्पर्क बिहिन भएका जुगल ३ बोल्दे गाउँको ३६ वर्षे रामलाल तामाङको कास्की जिल्ला माधे गाउँपालिका १ स्थित सिक्लेस भन्ने स्थानमा चैत्र ४ गते मृत लाश फेला पारे। त्यहाँका स्थानीय एक कृषकले आफ्नो भैंसी हराएपछी खोज्न जाने क्रममा मृतक तामाङको क्षतविक्षत लाश भेटेका थिए। त्यसपछि प्रहरीलाई उनले खबर गरेर पछि लाशको पहिचान खुलेको थियो।

कास्की प्रहरीले हत्या भएको प्रारम्भिक अनुसन्धान पछि अभियुक्तहरुको खोजी तिब्र पारे। हत्यामा संलग्नहरुको खोजी CCTV फुटेज, फोन कल डिटेल लगायत उनलाई चिनेजानेको सबै प्रक्रियाबाट सूक्ष्म अनुसन्धान गर्दै जाँदा उनलाई आफ्नै श्रीमती वर्ष ३५ कि कान्छी तामाङले हत्या गर्न लगाएको पत्ता लागेको छ। जुगल ३ घर भै हाल चौतारा न.पा. ५ डेरा गरि बस्दै आएका कान्छीले ९० हजार सुपारी दिई हत्या गर्न लगाएको कास्की प्रहरी एस पि मोहन थापाले बताउनुभयो। रामलाल र कान्छी बिच पारिवारिक खटपटको कारण घटना घटाईएको बुझिएको छ।

कान्छीले चौसागढी न.पा. १ का धन लामालाई सोही रकम दिई मार्न लगाएको खुलेको हो। धन लामाले हत्या गरेपछि बलेफी गा.पा. ६ का १८ वर्षीय दुई जनालाई लाश ठेगान लगाउन लगाएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि लामाले ५० हजार रकम राखेर २०-२० हजार दुई जनालाई बाँडेको समेत प्रहरी बताउछन्।

मृतक तामाङलाई धन लामाले मेलम्ची हुँदै कास्कीमा बन्दै गरेको हाइड्रोपावरमा काम छ भनी त्यहाँ सम्म योजनाबद्ध तरिकाले लगेको थियो।

शुक्रबार हत्यामा संलग्न चारै जनालाई सार्वजनिक गरेर कर्तव्यज्यान सम्बन्धि मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले बताएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार