सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत १४० स्थानीयबासीको स्वास्थ चेकजाँच

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सशस्त्र प्रहरी बल नेपाल नं १६ गण हेट क्वाटर सिन्धुपाल्चोकले एक दिने स्वास्थ्य जाच तथाँ परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत विओपी तातोपानी र भोटेकोशी गाँउपालिकाको सहकार्यमा भोटेकोशीस्थित लार्चामा भएको स्वास्थ्य शिविरमा एक सय ४० स्थानीयबासी लाभम्वित भएका छन् ।

शिविरमा सिन्धु सदाबहार अस्पतल खाडीचौरको चिकित्सक टोली र शिविरका लागि भोटेकोशी गाँउपालिकाको स्वास्थ्य शाखाले औषधी उपलब्ध र अन्य समन्वय गरेको सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरिक्षक राजेश्वर पोखरेलले जानकारी दिए ।

शिविरमा जनरल मेडिसियन,दन्त रोग,बालरोग,स्त्री रोग,छाला रोग,नशा रोग, हाडजोर्नी रोग आदिको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र अन्य समस्याहरूको सम्बोधन गर्न र स्थानीयसंग सम्बन्ध सुमधुर बनाउनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उपरिक्षक पोखरेलले विश्वास लिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार