सिन्धुपाल्चोक एमालेमा लाग्यो टुंगो, यी हुन् उम्मेदवारहरु ;

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिन्धुपाल्चोक एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको खबर प्राप्त भएको छ । प्रतिनिधि सभा क्षेत्र न १ मा सरेश नेपाल, प्रदेश “क” मा कमल नेपाल, प्रदेश “ख” होम नारायण श्रेष्ठ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा शेरबहादुर तामाङ, प्रदेश “क” अमानसिङ तामाङ र प्रदेश “ख” मा हस्त पन्डितको नाम टुंगो लागेको पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार क्षेत्र नं. १ प्रदेश सभा “क” का उम्मेदवार कमल नेपालको विषयमा केही विवाद भैरहेकोले छलफल चलिरहेको बताएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ उम्मेदवार टुंगो लागेका नेता नेपाल प्रदेश पुर्व मन्त्री एवं केन्द्रिय सदस्य हुन् । क्षेत्र नं. २ का पुर्व मन्त्री शेरबहादुर तामाङ पार्टीको स्थायी कमिटी सदस्य सदस्य छन् ।

त्यस्तै, एमाले क्षेत्र नं. २ प्रदेश सभा “क” तर्फका उम्मेदवार अमान सिं तामाङ निवर्तमान चौतारा सांगाचोकगढी नगरपालिका प्रमुख हुनुहुन्छ । उहाँ माओवादी केन्द्रबाट गत २०७४ को चुनावमा नगर प्रमुख विजेता हुनुभएको थियो तर पार्टीमा सहि मुल्यांकन नभएको भन्दै केही महिना अघि मात्रै नेकपा एमालेमा प्रवेश हुनुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार