सिन्धु काँग्रेसलाई जिल्ला कै नं. १ पार्टी बनाउने सभापति लामाको प्रतिबद्धता पूरा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति हुन् जंग बहादुर लामा । उनी निर्वाचित हुनु अघि नै नेपाली काँग्रेसलाई जिल्लाकै नं. १ पार्टी बनाउनेछु भन्ने प्रतिबद्धता जनाएका थिए जुन बाचा उनले यहि स्थानीय निर्वाचनमा पूरा गरेका छन् । केही नेताकार्यकर्ताहरुले लामाले बोलेको पूरा गरेको बताउने गरेको छ । सभापति लामा संग बुझ्दा उनले स्थानीय तहमा मात्र नभै अबको संघ र प्रदेशसभाको चुनावमा २ संघ र ४ प्रदेश नेपाली काँग्रेसले जिताएरै छाड्ने र त्यसको लागि संगठन विस्तार देखि हरेक कुरामा आफू खटिने बताउनुभयो ।

हुनपनि यस अघि जिल्लामा वडागत रुपमा हेर्दा काँग्रेस तेस्रो पार्टीमा खुम्चेर बसेको थियो । काँग्रेस निकै कमजोर स्थितिमा रहेपनि सभापतिमा उनको आगमन र सिन्धुपाल्चोकको प्रभावशाली नेता पुर्व मन्त्री मोहन बहादुर बस्नेतको दिनरातको मेहेनतको तालमेलले गर्दा २०७९ को स्थानीय चुनाव पश्चात् काँग्रेस नं. १ बनएरै छाडेका छन् ।

१२ स्थानीय तह रहेको जिल्लाको निर्वाचनको सबै नतिजा आईसकेका छन् । जसलाई मध्यनजर गर्दा काँग्रेसले प्रमुखमा ५, माओवादीले ४ र एमालेले ३ जितेका छन् । त्यस्तै उपप्रमुख तर्फ काँग्रेसले ७ स्थानीय तहमा र १०३ वडा मध्ये ५३ वडामा जित हाँसिल गरेको छ । यसरी हेर्दा सिन्धुमा काँग्रेस पहिलो पार्टी स्पष्ट रुपमा भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार