जुगलमा गठबन्धन प्रति असन्तुष्ट स्थानीय नेताहरुलाई के भनें मोहन बस्नेतले ?

जुगल काँग्रेस आमसभा सम्पन्न, अधिकांश स्थानीय नेताले गठबन्धन प्रति असन्तुष्टि व्यक्त

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस जुगल गाउँ कार्यसमितिद्वारा “घर घर जाऔं, काँग्रेस जिताऔं” भन्ने अभियान शुभारम्भ गरेका छन् । काँग्रेसको केन्द्रिय निर्देशन अनुसार यो अभियान देशैभर निरन्तर भैरहेको छ । पछिल्लो समय अभियानको विभिन्न कार्यक्रमहरुमा पछिल्लो राजनितिक घटना क्रमले निकै चासो पनि पाईरहेको देखिन्छ । यस्तैमा स्थानीय चुनाव नजिकिँदै गर्दा हाल सरकार चलाईरहेका गठबन्धन पार्टीहरु पटकपटक छलफलमा छन् । तर ठोस निर्णय भनें लिन सकेको छैन ।

काँग्रेसको पछिल्लो केन्द्रिय समितिको बैठकले स्थानीय चुनावमा आवश्यकता अनुसार गठवन्धन गर्ने निर्णय संगै तल्लो तहका नेताकार्यकर्ताहरुमा समर्थन संगै असमर्थनको ओईरो लागेको छ ।

यस्तैमा बिहीवार सम्पन्न जुगल काँग्रेसको आमसभामा पनि यहि विषयले ठाउँ पाए । जसमा गाउँ पालिका र छिमेकी पालिका अधिकांश वडा सभापतिलाई समेत मन्तव्य राख्न लगाईएको थियो । मन्तव्यको क्रममा धेरै वडा सभापतिहरुले काँग्रेस एक्लैले जित्ने धारणा राखेको थियो । यस अघि काँग्रेसले साथ दिएका पार्टीहरुले पछि गएर धोका दिएको उदाहरण प्रस्तुत गर्दै गठबन्धन गरे जिम्मेवारीबाट राजिनामा सम्म दिने चेतावनी उनिहरुले दिन भ्याए । साथै यस अघिको चुनाव प्राविधिक कारण थोरै मतान्तरका साथ हारेको भएकोले त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनिहरुको भनाइ थियो ।

यसरी चौतर्फी गठवन्धनको विपक्षमा आवाज उठेपछि प्रमुख अतिथी एवं पुर्व सूचना तथा संचार मन्त्री, केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सम्बोधन गर्दै गठबन्धन आजको आवश्यकता रहेको जनाउनुभयो । यदि गठबन्धन नगरे पुनः केपी वलि जस्ता अराजकतन्त्र निम्त्याउने, तानाशाही नेतृत्वले पुनः देशलाई पछाडी धकेल्ने हुनाले ठाउँ हेरेर, अवस्था हेरेर आवश्यकता अनुसार निर्णय गर्ने अधिकार तल्लो तहलाई समेत रहेको उहाँको भनाइ थियो । ओलि एक अधिनायकवादी शासक रहेकोले उनले गर्दा लोकतन्त्र र संविधान समेत संकटमा पर्ने हुनाले गठबन्धन आवश्यक पक्षमा केन्द्रिय समिति समेत रहेको उनले बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार