“घर घर जाऔं, काँग्रेस जिताऔं” सुभारम्भ संगै सिन्धु काँग्रेसमा गुटबन्दी अन्त्य भएको घोषणा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशन पश्चात् आज प्रथम बैठक तथा “घर घर जाऔं, काँग्रेस जिताऔं” अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नव निर्वाचित सभापति जंग बहादुर लामाको सभापतित्वमा, पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा केन्द्रिय प्रतिनिधिका रुपमा खटिनुभएका गंगा लक्ष्मी अवालेको बिशिस्ट आतिथ्यतामा भएको थियो ।

काँग्रेसको केन्द्रिय निर्देशन अनुसार आजैबाट सिन्धुपाल्चोकमा सो कार्यक्रम थालनी भएको हो । कार्यक्रममा अब काँग्रेसलाई चुनाव केन्द्रित गराउन कार्ययोजना सहित कार्यतालिका बारे छलफल भएको सभापति जंग बहादुर लामाले जनाए । उहाँका अनुसार अब जिल्लाकै नं. १ पार्टी बनाउनका लागि सशक्त रुपमा अघि बढ्न अग्रज नेता देखि तल्लो तहका नेता कार्यकर्ताहरु सम्म चलयमान बनाउन विशेष छलफल भएको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्नु हुँदै पुर्व मन्त्री बस्नेतले अब गुटबन्दी अन्त्य भएको घोषणा गर्नुभयो । साथै उहाँले सबैलाई आग्रह गर्दै कसैले गुटबन्दी नगर्न र नगराउन समेत सुझाए । उनले अब निकट समयमै हुने स्थानीय निर्वाचनमा टिकट बिधानता बमोजिम उचित उम्मेदवार लाई मात्रै दिने स्पष्ट पार्नुभयो ।

निवर्तमान जिल्ला सभापति बिकाश लामाका अनुसार पार्टीका सानोतिनो मनमुटाव झगडा नभएको जनाउनुभयो । उनले बिकाश लामा र मोहन बहादुर पार्टीको हितमा संधै एकता हुने समेत बताउनुभयो । त्यस्तै नेता डा. प्रेम ध्वज लामाले पार्टीको आन्तरिक आपत्ति र बिमती छोडेर पार्टी एक ढिक्का भएर आम निर्वाचनमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

इन्द्रावती गाउँ पालिका अध्यक्ष वंशलाल तामाङले आफ्नो भनाइ राख्नु हुँदै भन्नू भयो, “पार्टी मिलाएर लगोस्, सबैलाई समान ढंगले समिटिएर लगियोस्, यस अवस्थामा १०३ वटा वडा मै भएपनि पार्टीको लागि अग्रपंक्तिमा खटिने प्रतिबद्धता जनाउनुभयो ।

यसरी भएको कार्यक्रममा जिल्ला कार्यसमितिका खाली रहेका पदहरुमा केही सदस्य मनोनीत गरेका छन् । जसमा जिल्ला कोषाध्यक्षका रुपमा बलेफी ८ का युवा नेता रविन्द्र प्रधानलाई जिम्मेवारी सुम्पेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार