काठमाडौं
स्थानीय चुनाव २०७८ बैशाख ३० मा देशैभर हुँदैछ । विभिन्न पार्टीहरुले चुनाव केन्द्रीत कार्यक्रमलाई तिब्रता दिँदै जाने क्रममा चुनावी रणनीति एवं कार्ययोजना समेत बनाउने क्रम जारी छ । यस्तैमा आज बसेको नेकपा एमालेको सचिवालय बैठकले एमालेको तर्फबाट स्थानीय तह निर्वाचन मा उम्मेदवार बन्न टिकटको लागि सिफारिस र निर्णय सम्बन्धि निर्णय गरेको छ ।
एमालेको तर्फबाट उठ्ने वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारको लागि सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने तथा महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट जिल्ला र प्रदेशले सिफारिस गर्ने र केन्द्रले निर्णय गर्ने निर्णय भएको एमाले पार्टी श्रोतले जनाएको छ ।