नेपाल तामाङ घेदुङको संघीय अध्यक्षमा पुनः मोहन गोले

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन सम्पन्न भएको छ । जसबाट पुन: नयाँ कार्यकाल गोलेले नै चलाउने भएको छ । गएको फागुन २९ बाट सुरु भएको महाधिवेशनमा अध्यक्ष पदका लागि गोले र बेली लामाको उम्मेदवारी परेको थियो । दुई जनाको उम्मेदवारी परेपछी निर्वाचनमा गएका थिए । मंगलबार राति सम्पन्न निर्वाचनमा गोलेको पक्षमा ४०१ मत र लामाको पक्षमा १०७ मत प्राप्त भएको हो ।

त्यस्तै समान सह-अध्यक्ष पदमा कुमार घिसिङ  निर्वाचित भएको छ । घिसिङले ३२१ मत प्राप्त गर्नुभएको छ । समान सह-अध्यक्षका अर्का उम्मेदवार मित्रसेन योञ्जनले १४६ मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्ष सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन र मानबहादुर तामाङ, महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सिता लामा, महासचिवमा काजीमान थिङ, उपमहासचिवमा जगतमान दोङ र हर्कमान तामाङ, कोषाध्यक्षमा रुपबहादुर योन्जन,
सहकोषध्याक्षमा सावित्री तामाङ, सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ र बिनाकुमारी माम्बा निर्वाचित भएका छन् ।

विभिन्न कारणवश रोकिएको घेदुङको महाधिवेशन करिब ६ वर्ष पछि भएको हो ।घेदुङ पछिल्लो समय विवादमा पर्दै आएको छ । केही समय अघि घेदुङले आफ्नै भवन खरिद गरेको र सो भवन पुर्ण रुपमा ऋणमा रहेको तथा भवन घेदुङ संस्था को हो या घेदुङद्वारा सन्चालन गरेको सहकारीको हो ? भन्ने विषयमा निकै विवादित समाचार बाहिर आएको थियो । पुनः निर्वाचित अध्यक्ष गोलेलाई यी विषय संगै पहिचानको विषयमा निष्क्रिय हुँदै गएको घेदुङलाई कसरी अगाडि बढाउने हुन् भन्ने विषयमा चासोको रुपमा लिने नै छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार