सिन्धु-काँग्रेसमा संस्थापन पक्षले मारे बाजी, नेता बस्नेतको टिम हावी

पदाधिकारीमा संस्थापन इतर क्लिन स्विपमा परेका छन् ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन भर्खरै समापन भएको छ । जिल्ला पदाधिकारीमा ७ सहित २५ सदस्यमा भएको निर्वाचनमा संस्थापन पक्षका पुर्व मन्त्री मोहन बहादुर बस्नेतको टिमले संस्थापन इतरका उम्मेदवारलाई कतै जित्ने मौका दिएनन् । संस्थापन इतरका उम्मेदवार क्लिन स्विपमा परेको छ । जिल्ला सभापति देखि सह-सचीव सम्म सबै प्रधानमन्त्री एवं केन्द्रिय सभापति शेरबहादुर देउवा पक्षले जितेको छ ।

हार्दिक वदाई एवं शुभकामना

सभापतिको १ सिटका लागि भएको निर्वाचनमा पहिलो चरणमा ३ जना लडेका थिए । जसमा वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंग बहादुर लामा बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा जंग बहादुर लामाले पहिलो, वंशलाल तामाङले दोश्रो र डा. प्रेमध्वज लामाले तेस्रो मत ल्याउँदा कुनैले पनि ५१% मत प्राप्त गर्न सकेनन् । त्यसपछि पुनः पहिलो र दोस्रो स्थान पाएका वंशलाल तामाङ र जंग बहादुर लामा बिच सभापति पदको निर्वाचन भए । तेस्रो स्थान प्राप्त डा. लामाले वंशलाल तामाङलाई साथ दिएपछी मतदान प्रक्रिया निकै रोचकबनेको थियो ।

यसरी तामाङ र डा. लामा मिलेर लडेपनि संस्थापन पक्ष यानिकि बस्नेत टिमका जंगबहादुर लामाले ६४ मतान्तरले जित हाँसिल गरे । त्यस्तै उप-सभापतिमा पनि संस्थापन पक्षकै टंक कार्की र दोर्जे लामा (हाउडे), सचिबमा भक्तध्वज बोहोरा र रमेश भण्डारी, सह-सचिबमा कृष्णभक्त नेपाल र नरेश कार्कीले जितेका छन् । निर्वाचित सम्पुर्ण पदाधिकारीहरु संस्थापन पक्षकै रहेको जिल्लाका एक नेताले जनाए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार