सिन्धु काँग्रेस सभापतिका लागि ३ हस्तीको भिडन्त हुने, कसलाई कसको सहयोग ?

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा हुँदैछ । जिल्ला निर्वाचन समितिले २७ गते मनोनयन दर्ता संगै अन्तिम नामवली प्रकाशित गर्ने र २८ गते बिहान ८ बजे देखि मतदान हुने जानकारी गराईसकेका छन् ।

जिल्ला अधिवेशनको गर्मागर्मीमा सभापति पदका लागि आधा दर्जन बढी आकांक्षी रहेपनी अन्ततः जिल्लाका ३ हस्ती बिच कडा प्रतिस्पर्धा हुने पक्का पक्की देखिन्छ । जसमा डा. प्रेमध्वज लामा, इन्द्रावती गाउँ पालिका अध्यक्ष वंशलाल तामाङ र जंग बहादुर लामा रहेको छ ।

डा. लामा त्रिभुवन विश्वविद्यालयको खाईपाई आएको सह-प्राध्यापकको जागिर नै राजिनामा गरि सभापतिका लागि तयारीमा होमिनुभएको छ । त्यस्तै वंशलाल तामाङ अमेरिका छाडेर नेपाल आई गाउँ पालिकामा निर्वाचित भैसकेका व्यक्ती हुनुहुन्छ भनें जंग बहादुर लामा १६ वर्षको कलिलो उमेर देखि नै पार्टीको तल्लो तह गाउँ इकाई सभापति र १२ औं अधिवेशनका निर्वाचित साविक क्षेत्र नं. २ का क्षेत्रीय सभापति भैसकेका सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ ।

यसरी हेर्दा संस्थापन पक्षका दुई उम्मेदवार लामा द्वय छन् भनें संस्थापन इतरबाट १ मात्र उम्मेदवार खडा भएको देखिन्छ । लामा द्वय सिन्धुपाल्चोकका प्रभावशाली नेता, केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत निकट हुन् भनें तामाङ जिल्ला सभापति बिकास लामा निकट हुन् । जिल्लाको यस अघि सम्पन्न तल्लो तहहरुको नेतृत्व चयनलाई हेर्ने हो भनें क्षेत्र नं. १ मा केन्द्रिय सदस्य बस्नेत पक्षले पुर्ण रुपमा पकड जमाएका छन् । त्यस्तै क्षेत्र नं. २ मा पनि संस्थापन इतरका टिम बिकास लामाको समुहले नेतृत्वमा छाप छाडेको छ । तर समग्र जिल्ला भरीकै क्षेत्रीय प्रतिनिधिको हकमा भनें बस्नेत निकट बढी रहेको जानकारहरु बताउँछन् । यसमा अनुमान के पनि लगाउन सकिन्छ भनें नेता बस्नेत प्रभाव क्षेत्र नं. १ मा पुर्व सभापति भुपेन्द्र थापा, ने. वि. संघ महामन्त्री बलदेव तिमल्सिना र महिला संघ अध्यक्ष गिता नेपाल लगायतलाई क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए ।

यसरी हेर्दा नेता बस्नेत जिल्लाकै एक मात्र निर्वाचित केन्द्रिय सदस्य भएकोले पनि उनको प्रभाव समग्र जिल्लाभरका काँग्रेसजनमा रहेको छ । यदि उनको पक्षबाट १ मात्र उम्मेदवार खडा गरेमा एकै चरणमा जित्न निकै सजिलो हुने एक नेताले बताए । त्यस्तै बिकास लामा निकट तामाङको पनि राजनीतिक छाप निकै राम्रो भएकोले उनको पक्षमा पनि राम्रो जनमत रहेको काँग्रेस वृत्तमा हल्ला छ । त्यसैले १४ औं जिल्ला अधिवेशन निकै रोचक हुने अनुमान सबैले गरेका छन् ।

संस्थापन पक्षबाट टिमको आधिकारिक सभापतिको उम्मेदवार सहित अन्यको समेत स्पष्ट सार्वजनिक गराएका छैनन् । यद्यपि उपसभापतिमा टंक कार्की र पासङ दोङ, सचीवमा भक्तध्वज बोहरा र रमेश भण्डारी तथा सह-सचीवमा राम लुईटेल र कृष्णभक्त नेपाल अघि सारेको स्रोतको दावी छ । त्यस्तै संस्थापन इतरबाट क्रमशः उपसभापतिमा दोर्जे लामा (हाउडे) र सोमबहादुर तामाङ, सचिवमा सीके चौलागाई र अनुप न्यौपाने प्यानलमा अटाएका छन् ।

कसलाई कसले सहयोग गर्लान् ?

आधिकारिक अनुमान लगाउन नसके पनि हाल सम्मको सामजिक संजालमा देखिए अनुसार सभापतिका लागि कुन उम्मेदवारलाई कसले खुलेर सहयोग गर्लान भन्ने चासो निकै रोमान्चित हुन्छ नै । यसको आधिकारिक चर्चा नगरेपनी काँग्रेस वृत्तमा चलिरहेको गफगाफ र सामाजिक संजालमा गरिरहेको समर्थनलाई केन्द्रमा राखेर हेर्दा यस्तो देखिन्छ ।

डा. प्रेमध्व्ज लामाको सन्दर्भमा हेर्दा उनि पुर्व मन्त्री बस्नेत निकट उम्मेदवार हुन् । र उनको निकटका रुपमा क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतामान तामाङले सहयोग गर्छन् भन्ने हल्ला काँग्रेसजनमा छ । किनकी उनलाई सभापति बनाउने पक्षमा डा. लामाले निकै सहयोग गरेको नाम नबताउने सर्तमा एक नेताले सुनाए । जसले गर्दा लामालाई क्षेत्रीय सभापति तामाङले सहयोग गर्नै पर्ने बाध्यता आइपर्ने उनले थपे ।

वंशलाल तामाङको सन्दर्भमा सभापति विकास लामाले खुलेरै सहयोग गर्ने जनाईसकेका छन् । साथै उनलाई जिल्ला सचिब बिल बहादुर तामाङले पनि साथ दिने पक्का भैसकेको छ । र तरुण दलका अध्यक्ष दोर्जे लामा (हाउडे) लाई समेत आफ्नै प्यानलको उपसभापतिका उम्मेदवार बनाईसकेको छ ।

सभापति पदका सबैभन्दा युवा भर्खरै ४३ वर्ष कटेका जंग बहादुर लामा जिल्लाका प्रभावशाली नेता बस्नेत निकट हुन् । उनको पक्षमा रोचक कुरा भनेंको जिल्लाको गन्नेमान्ने नेताको रुपमा परिचित अनि हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले खुलेरै समर्थन जनाएका छन् । कुनै दिन लामा शेर्पाको अत्यन्तै विश्वास पात्र थिए । त्यसैले पनि उनले निकै राम्रो मत ल्याउने पक्का अनुमान लगाउन सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार