काँग्रेस प्रवेश गर्दै केदार क्षेत्रीले भनें “सिन्धु एमालेमा जुरेको भन्दा ठूलो पहिरो जाँदैछ ।”

  जन्मभूमि संवाददाता

काठमाडौं
नेकपा एमालेबाट सिन्धुपाल्चोक बलेफी गाउँ पालिका जितेका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश भएका छन् । उनी विगत ४० वर्ष देखि एमालेमा सक्रिय रुपमा राजनीतिमा हुनुहुन्थ्यो ।

आज काँग्रेस केन्द्रिय कार्यालय सानेपामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाबाट साधारण सदस्यता वितरण गर्दै अध्यक्ष क्षेत्री र उनका भाई एमाले जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्रीलाई पार्टी प्रवेश गराएका छन् । उक्त कार्यक्रममा पुर्व मन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापा लगायतले क्षेत्री संगै अन्य २०० भन्दा बढी एमालेका कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश पश्चात् क्षेत्रीले सम्बोधन गर्दै कम्युनिस्टको चरित्रबाट आफू आक्रान्त भएको र बोलेको कुरा केहि पूरा गर्न नसकेको जनाए । काँग्रेस रोज्नुको कारणमा अहिले सम्मको राजनीतिक घटना क्रममा नेपालको जुनसुकै पार्टी काँग्रेसको पछाडी लाग्नुको विकल्प नै नरहेको बताउनुभयो । उनले भनें, “काँग्रेसले जे बोल्छ त्यो गर्छ, कम्युनिस्टले झुटको खेती गरेर जनता झुक्याउने मात्र गर्छ ।” उनका अनुसार चुनावमा पराजित भएपनी सिन्धुको धरोहर पुर्व मन्त्री बस्नेतलाई गुरुको संज्ञा दिँदै उहाँले बाढी, पहिरो र कोरोनाको बेलामा पुर्याएको योगदान र कुनै कम्युनिस्टबाट जितेकै मन्त्री, सभामुख बनेकाहरुले गरेको कार्यको आकाश जमिनको फरक रहेको जनाए । अब सिन्धुपाल्चोकको एमालेमा जुरो भन्दा पनि ठूलो पहिरो छिटै नै जाने समेत उनले मन्तव्यका क्रममा राख्नुभयो ।

नेता बस्नेतले अध्यक्ष क्षेत्री सहित अन्य नव प्रवेशीहरुलाई स्वागत गर्दै लामो समय देखि सिन्धुपाल्चोकमा शासन गरेको कम्युनिस्ट अब कुनै पनि हालतमा नजित्ने बताउनुभयो । हरेक कुरामा जनतालाई झुक्याउने बाहेक केही गर्न नसकेको उनको भनाइ छ । अबको दिनमा कम्युनिस्ट पार्टीहरुमा ठूलो हलचल आउँदै गरेकोले सिन्धुपाल्चोक भरी काँग्रेसमय हुनेमा ढुक्क रहेको उनले बताउनुभयो । साथै सत्तामा रहेको कम्युनिस्टका नेताहरुले जनताको पक्षमा कुनै काम गर्न नसकेको अवस्थामा समेत आफुले व्यक्तिगत र पार्टीका नेता कार्यकर्ताहरुको प्रयासमा हरेक विपत, दुख पिडामा साथ दिएको स्मरण गराउनुभयो । आफ्नो खुट्टा बिरामी भएपनी जनताले सिटामोल नपाएको अवस्था र चुनाव समेत आउँदै गरेको बेला रेस्ट हैन रेस गर्ने बेला छ, उनले सुनाए ।

काँग्रेस प्रवेश भएका सबैलाई योग्यता र क्षमता अनुसारको नेतृत्व दिने पनि उहाँले बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार