“पहिले जनता बचाऔं, राजनीति पछि गरौंला” अभियानले प्रभावित भएर काँग्रेस प्रवेश भएँ – नव प्रवेशी

काँग्रेस हुनेखानेको पार्टी हैन, हुनेखाने बनाउने पार्टी हो" कम्युनिस्ट गरिबी जन्माउने पार्टी हो ।"

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा दर्जनौं एमाले र माओवादी परित्याग गरि काँग्रेस प्रवेश गराउनुभएको छ । बलेफी गाउँ पालिका सभापति रामकुमार तामाङ र महाधिवेशन प्रतिनिधि राम लामाको समन्वयमा वडा नं. ६ का माओवादी केन्द्र पालिका सदस्य मीन बहादुर तामाङ र वडा नं. ३ सिमासिङका एमालेका युवा नेता नीर बहादुर तामाङको नेतृत्वमा युवाहरु काँग्रेसमा समाहित भएका हुन् ।

आजबाट काँग्रेसमा समावेश भएका मीन बहादुरले आज सम्म ज्यान दिएर जिताएको माओवादीका जनप्रतिनिधिहरुले कुनै पनि बिकासका काममा साथ नदिई प्रयोग मात्रै गर्दै आएको आरोप लगाएका छन् । वडाका प्रतिनिधि समेत भ्रष्टाचारमा लिप्त भै आफ्ना आसेपासेलाई मात्र समिती बनाई काम दिने र पक्षपाती कार्य गर्दै आएपछि अन्तमा पार्टी त्याग्नु परेको जनाए । त्यस्तै बिश्व नै हल्लिएको कोरोनाको समयमा माओवादीका नेताहरु जनताको सेवा गर्न त के हालखबर बुझ्न समेत नगएको र काँग्रेसका प्रभावशाली नेता बस्नेत भनें ज्यानको माया नगरी “जनता रहे राजनिती” “पहिले जनता बचाऔं, राजनिती पछि गरौंला” जस्ता अभियानलाई व्यवहार मै उतार्नुभएकोले यो अभियानबाट प्रभावित अनि अति नै मन परेकोले अब काँग्रेसमा दत्तचित्त भएर लाग्ने गरि आएको उनले सुनाए ।

माओवादी केन्द्रका गाउँ पालिका सदस्य त्यागेका मिनबहादुर तामाङ

त्यस्तै एमालेबाट आएका नीर बहादुरले नेता बस्नेत लगायत स्थानीय नेताहरु रामकुमार तामाङ, राम लामा लगायतले समाजमा गर्दै आएको समाजिक कार्य अनि जनताको सेवाको प्रभावले गर्दा आफ्नो टिम काँग्रेसमा प्रवेश भएको तर्क राख्नु भयो । उनले विगत ५ वर्ष गाउँ पालिकामा एमालेले र वडामा माओवादीले गरेको शासन कालमा सिमासिङलाई हरेक विकासका योजनाबाट बन्चित गराई झनै अविकसित ठाउँ बनाएको आरोप लगाए । अबको दिनमा काँग्रेसलाई जिताउन हरेक सहयोगको लागि सिमासिङका युवाहरु एकताबद्ध भएर लाग्ने बिश्वास दिलाउँदै सो ठाउँको विकासका लागि नेता बस्नेतबाट ठूलो आशा रहेको आशा व्यक्त गरे ।

एमाले त्यागेका निरबहादुर तामाङ

काँग्रेसलाई भोट दिएको ५ वर्ष भित्र विकासका काम गरेनौं भनें हामी गाउँमा आउँदै आउँदैनौं” पुर्व मन्त्री बस्नेत

पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा मात्र नभै देशैभर काँग्रेस प्रवेशक लहर चलिरहेको बताउनुभयो । उनले विगत देखि जनतालाई झुटो आश्वासन दिँदै आफ्नो स्वार्थ मात्र पूरा गर्दै आएका कम्युनिस्ट देखि जनता वाक्क दिक्क भएर पार्टी त्यागेर बिकास प्रेमी, प्रजातान्त्रिक पार्टी काँग्रेसलाई रोज्नु भएकोमा सबैलाई स्वागत गर्दै आफ्नो हैसियत अनुसारको जिम्मेवारी दिन काँग्रेस तयार रहेको सुनाउनुभयो । साथै उहाँले भन्नुभयो, “अबको चुनावमा भोट दिएर ५ वर्ष शासन गर्ने मौका दिनुहोस् , यदि विकास गरेनौं भनें तपाईंहरुको गाउँमा फर्केर समेत आउनेछैनौं ।”

काँग्रेस हुनेखानेको पार्टी हैन, हुनेखाने बनाउने पार्टी हो” कम्युनिस्ट गरिबलाई झन् गरिब बनाउने पार्टी हो ।”

त्यस्तै बस्नेतले काँग्रेस हुनेखानेको पार्टी नभै सबैलाई हुनेखाने बनाउने पार्टी भएको र कम्युनिस्ट सर्वहाराको नाममा जनतालाई झुक्याएर सबै जनतालाई गरिब बनाउने पार्टी रहेको समेत धारणा प्रस्तुत गर्नुभयो । काँग्रेस प्रवेश भएका सम्पुर्णको सहि कदमका लागि राजनीतिक रुपमा संरक्षणका लागि कुनै कसर बाँकी नराख्ने पनि बिश्वास दिलाउनुभएको थियो ।

सामुहिक तस्वीर खिचाउँदै नव प्रवेशीहरुको साथमा अन्य नेताहरु

गाउँ पालिका सभापति रामकुमार तामाङले सम्पुर्णलाई स्वागत गर्दै गाउँ पालिका स्तरको पार्टी कार्यसमिति अनि भातृसंगठनमा नव प्रवेशी साथीहरुलाई संलग्न गर्ने बताउनुभयो । उनले अबको चुनावमा बलेफी पालिकामा काँग्रेस पहिलो पार्टी बनाउने अभियानमा आफू हरेक हिसाबमा लागिसकेकोले पार्टी पंक्तिका अग्रज नेतागण, नेवि संघका प्रतिनिधिहरु, महिला संघ, किसान संघ तरुण युवाहरुमा पार्टी जिताउने महाअभियानमा हातमा हात साथमा साथ दिन तयार रहन समेत आग्रह गर्नुभएको छ । उनले एकता नभै पुनः पार्टीले ठूलो क्षति व्योहोर्नुपर्ने भएकोले सबै एक भएर चुनावी अभियानमा लाग्न अपिल गर्नुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार