सिन्धु काँग्रेस उप-सभापतिमा युवा नेता सन्जय लामा (सिन्य) को उम्मेदवारी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला नेपाल तरूण दल महाधिवेशन प्रतिनिधी तथा समाजसेवी युवा नेता सन्जय लामा (सिन्य) ले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

माघ १५ गते हुँदै गरेको १४ औं जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको लामाले विभिन्न माध्यमबाट घोषणा गर्नुभएको हो । उहाँले जिल्लाका पार्टीका नेताकार्यकर्ताहरु संगको छलफललाई तिब्र रुपमा अगाडी बढाईरहेको उहाँ निकट श्रोतले जनाए ।

लामाले वडा सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश प्रतिनिधि एवं महाधिवेशन प्रतिनिधिहरुलाई अमुल्य मत दिई अत्याधिक मतले विजय गराउनु हुन हार्दिक अनुरोध गर्नुभएको छ । लामा कोरोना, बाढी पहिरो लगायतका विपदका बेला पीडितहरुलाई राहत सहयोगमा खुलेर खट्नुभएको थियो । उहाँकै प्रत्यक्ष सहभागीतामा कोरोनाको पहिलो लहरका बेला काठमाडौंमा लकडाउनमा परि गुजारा चलाउन गाह्रो परेका सिन्धुवासीहरुलाई कोठाकोठा सम्म खाद्यान्न सहयोग पुर्याउनुभएको थियो । साथै नयाँबस्ती युवा क्लब काठमाडौं बौद्ध संग सहकार्य गरि धेरैलाई खाना खुवाउने मानवीय कार्य समेत गर्नुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार