दाङको तुलसीपुर पुगे नेता बस्नेत, यस्तो छ भोलीको कार्यक्रम

  जन्मभूमि संवाददाता

दाङ, तुलसीपुर
नेपाली काँग्रेसका प्रभावशाली नेता, केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत दाङको तुलसीपुर पुग्नुभएको छ । नेता बस्नेत स्वर्गीय खुम बहादुर खड्का स्मृति टेबल टेनिस प्रतियोगिता तथा २०७८ साल भित्र बाढी पहिरोबाट मृत्यु भएका पीडित परिवारलाई नगद राहत बितरण गर्ने कार्यक्रमका लागि दाङ पुग्नुभएको हो ।

नेपालगन्ज हुँदै त्यहाँ पुग्नुभएका बस्नेतलाई
दाङका काँग्रेस नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । त्यहाँ पुग्नुभै भोलि हुने कार्यक्रम बारे आयोजकहरु संग जानकारी समेत लिनुभएको छ । टेबल टेनिस प्रतियोगिता युथ अफ तुलसीपुरले आयोजना गरेका हुन् । जहाँ २१ जिल्लाका १३० खेलाडी सहभागी हुनेछन् । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन् । उहाँ उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् ।

सो कार्यक्रम सम्पन्न हुनसाथ घोराहीमा हुने नेपाली काँग्रेसको सम्मान कार्यक्रममा सरिक हुनुहुनेछन् । उहाँले कोरोनाको समयमा आफ्नो ज्यान जोखिममा राखेर जनता बचाउने अभियान नै चालाउनुभएको थियो । यति मात्र नभै खेलकुदको क्षेत्रमा उत्तिकै राम्रो कार्यक्रमहरु सन्चालन गर्नुभएको थियो । उहाँ कै नेतृत्वमा बाढी पहिरोबाट विस्थापित पीडितहरुलाई पुनर्स्थापना तथा रहात वितरणमा अहोरात्र खटिनुभएकोले देशैभरका जनताको आशा र बिश्वासको पात्र बन्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार