पुर्व क्षेत्रीय सभापति जंग ब. लामाद्वारा सिन्धु काँग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाले १४ औं जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । लामाले आजै सामाजिक संजाल मार्फत जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी रहेको जनाएका छन् ।

काँग्रेस वृत्तमा लामा प्रभावशाली युवा नेताको रुपमा लिईन्छ । उहाँ जिल्लाका हरेक नेता कार्यकर्ताहरु संग समेत राम्रो सम्पर्क र सम्बन्ध स्थापित गर्न सक्षम नेताको रुपमा चिनिन्छन् । लामा जिल्लामा मात्र नभै केन्द्रमा समेत प्रभावशाली नेता पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको निकट छन् ।

जन्मभूमि पोष्ट संग गरिएको छोटो संवादमा उहाँले आफ्नो उम्मेदवारी सिन्धुपाल्चोक काँग्रेसलाई सशक्त र सबल बनाउने उद्देश्यका साथ अघि सारेको बताउनुभयो । लामाले जिल्लाभरका वडा सभापतिहरु, सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरुमा युवा नेतृत्व र जुझारु नेतृत्वका लागि मतदान गर्नुहुन आग्रह समेत गरिएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार