काठमाडौं
विवादका कारण काँग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन नभएका १६ जिल्लामा यहि पौष २७ गते १४ औं अधिवेशन हुनेभएको छ । पार्टीको केन्द्रिय निर्वाचन समितीले १२ गते प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी गराएका छन् ।
निर्वाचन हुन नसकेका जिल्लाहरुमा बाँके, सर्लाही, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सिन्धुली, चितवन, कैलाली, अछाम र नवलपुर रहेका छन् । काँग्रेस केन्द्रिय निर्वाचन समितिका सचिब केशव रिजालका अनुसार सोही मिति भित्रै अधिवेशन गराउन आग्रह समेत गरिएको छ । विज्ञप्ति ;