युवा नेता लालकाजी तामाङले सिंगो कम्युनिस्ट गाउँलाई काँग्रेस बनाउन सफल

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ८ परिगाउँको सिंगो गाउँ नै कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश भएका छन् । यस अघि नेकपा एमाले र माओवादी केन्द्रमा रहेका युवा, महिला सबै काँग्रेसमा प्रबेश गरेका हुन् । सोही गाउँकै नेपाली काँग्रेसका जुझारु युवा नेता, युवा समाजसेवी एवं नेपाली काँग्रेस १४ महाधिवेशनका प्रदेश प्रतिनिधिमा विजयी लालकाजी तामाङको बिचार, सेवाको भाव तथा नेतृत्वलाई आत्मासात गर्दै विभिन्न पार्टी छाडेर काँग्रेसमा समाहित भएको नव प्रबेशीहरुले बताए ।

बलेफी पालिका भित्र सबैभन्दा ठूलो संख्यामा कम्युनिस्ट पार्टी त्यागेर काँग्रेस प्रबेश भएको यो पहिलो घटना हो । यसरी सिंगो गाउँ नै काँग्रेस हुनुमा अबको बिकास, नीति नियम साथै गरिब निमुखा जनताको आशा अनि भरोसा नै काँग्रेस भएकोले काँग्रेस प्रति आकर्षण बढेको युवा नेता लालकाजी तामाङले बताउनुभयो । उहाँले भन्नुभयो अझै गाउँका एकदुई जना छुटफुट सबै आउनका लागि निरन्तर संवाद भैरहेको जनाए ।

त्यस्तै कम्युनिस्टहरुले जितेर जनतालाई झुठो आश्वासन मात्र दिएर झुक्याउने काम मात्र गर्ने र बजेट जति आफ्नै खल्तीको जसरी लुट्ने काम मात्र गरेपछी जनताहरु वाक्क दिक्क भएर अबको विकल्प नै काँग्रेस हो भन्ने बिश्वासका साथ प्रबेश भएको बलेफी गाउँ पालिका काँग्रेस सभापति युवा नेता रामकुमार तामाङले जनाए । तामाङका अनुसार अबको दिनमा बलेफीका मात्र नभै धेरै ठाउँका युवा, महिलाहरु काँग्रेस प्रबेशको लागि लर्को लाग्ने निश्चित रहेको बताउनुभयो ।

इन्द्रावती गाउँ पालिका २ बाट YCL अध्यक्ष सहित दर्जनौं काँग्रेस प्रबेश

एकै दिन सिन्धुपाल्चोक क्षेत्र नं. २ इन्द्रावती गाउँ पालिका २ का माओवादी केन्द्रका दर्जनौं जुझारु युवाहरुको समूहलाई पुर्व सूचना तथा संचार मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले स्वागत एवं पार्टी प्रबेश गराउनुभएको छ । सोही वडाकै YCL अध्यक्ष दिनेश गिरि (राकेश) सहित अन्य युवाहरु काँग्रेसमा प्रबेश भएका छन् ।

बलेफी ८ का सिंगो गाउँ र इन्द्रावतीका युवाहरुलाई काँग्रेसका स्वागत गराउँदै नेता बस्नेतले अब देशको राष्ट्रिययता, गणतन्त्र अनि बिकास निर्माण गर्ने पार्टी नै काँग्रेस भएको प्रष्टाए । उहाँले काँग्रेसले नयाँ या पुरानो केही नभनी सबैलाई आफ्नो राजनितीक क्षमता अनुसार नेतृत्व दिलाउने पनि बताउनुभयो । उहाँले आफ्नो मन्तव्य राख्नु हुँदै “काँग्रेसले पुरानोलाई मात्र नेतृत्व दिनुपर्छ भनेंर भन्दैनौं, हामी जसले पार्टीलाई सशक्त रुपमा अघि बढाउन सकिन्छ त्यस्ता नेतृत्वलाई बिश्वासका साथ दिन्छौं ।” त्यस्तै नेता बस्नेतले गाउँ ठाउँको बिकास निर्माणमा सबैसँग सरसल्लाह गरेर अघि बढ्ने पनि बताउनुभयो ।

पार्टी प्रबेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि राम लामा, युवा नेता देव कोइराला, नवीन शेर्पा लगायत उपस्थित हुनुहुन्थ्यो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार