माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री र सचिबमा थिङ (छिन्ताङ)

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका युवा नेता सरल सहयात्री निर्वाचित भएका छन् । सहयात्री माओवादी केन्द्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । त्यस्तै सचिबमा ईन्द्र बहादुर थिङ (छिन्ताङ) चुनिएका छन् ।

प्रदेशको नेतृत्वका लागि सर्वसम्मत गर्न प्रयास गरेपनि अन्ततः निर्वाचन भएको थियो । नेता द्वय सहयात्री र दिननाथ गौतम बिच अध्यक्ष पदका लागि निर्वाचन भएका हुन् । मतदान प्रक्रियामा जम्मा २६१ मत खसेको मध्ये सहयात्रीलाई १६२ मत र गौतमलाई ८६ मत आएको हो ।

प्रदेशको समितिमा ९ सदस्यीय पदाधिकारीहरु मध्ये प्रदेश उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी (छिन्तु) र रामप्रसाद ढुङ्गाना सह सचिव दल बहादुर बुर्लाकोटी (बिजय), माधव लामिछाने (समिर) र प्रकाश श्रेष्ठ कोषाध्यक्ष संगिता भट्टराई निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेलले सामाजिक संजाल मार्फत निर्वाचित गराउने सबैमा यसरी धन्यवाद ज्ञापन गरेका छन् । ” नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश अध्यक्षको जिम्मेदारी मेरा लागि गौरव, चुनौती र अवसरको जिम्वेदारी हो । यस गौरवपूर्ण सन्दर्भमा सर्वप्रथम महान शहीदहरुलाई सम्झना गर्छु । तमाम जनताहरुको आशा, पार्टी कार्यकर्ताहरुको मप्रतिको सद्भाव, प्रतिनिधि एवं प्रदेश सदस्यहरुको अमूल्य मत, प्रदेशका सबै केन्द्रीय नेताहरुको म प्रतिको बिश्वास र नेतृत्वको भरोषाका कारण आज म यस पदको गरिमा कायम राख्ने मात्रै होईन नविन र तिव्र गति पैदा गर्ने प्रतिबध्दता सहीत अध्यक्षका रुपमा खडा छु । जीत हार प्रतिस्पर्धाको सामान्य रुप हो । मूल कुरा हामिले एकताबध्द भएर केही गर्नुपर्छ । सबै कमरेड एवं सहयोद्धा/सहयात्री हरुलाई मनदेखी धन्यवाद दिंदै म मेरो कर्तव्य र लक्षमा डट्ने र खट्ने प्रतिबध्दता ब्यक्त गर्दछु ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार