काठमाडौं
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको दोश्रो चरणको निर्वाचन पश्चात् नेपाली काँग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा विजयी हुनुभएको छ । पहिलो चरणको निर्वाचनमा ५१% कुनैपनी उम्मेदवारले कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोश्रो चरणको मतदानमा ४६२३ खसेको मत मध्ये
३५ मत बदर भएको थियो भनें देउवालाई २७३३ र डा. शेखर कोइरालालाई १८५५ मत प्राप्त भएको हो ।